माया जसले गर्छ उसले धोका खान्छ नै!
November 24, 2014बिहान उठेर खाजा खाए। आफ्नो गर्नु पर्ने कामहरु गरे। युनिभर्सिटी जानु अघी फेसबूक खोले। फेसबूकमा अपत्यारिलो र सहनै नसकिने शकिङ पोस्ट देखे। आरआईपी भनेर मेरो साथीको फोटो राखेको रैछ एउटाले। ओहो! म त छाँगाबाट खसेजस्तै भए। शरीरहरु कापे। के गर्ने के नगरने भए। पहिले लाग्यो, मैले हुनेहार साथी गुमाए। मेरो अब कोही छैन। के गर्ने कसो ग्रर्ने। बिदेशको ठाउँ चिनेजानेको मान्छेहरुले मेरो साथीहरु चिनेका हुँदैनन नचिन्नेलाई दु:ख पोखु 'सुनुन्जेल आइ एम सरी टू हेअर ड्याट' भन्दा केही भन्ने हैनन। आखिर सम्हल्लिनु बाहेक केही बाँकी थिएन। हुन त हामी छोरो मान्छेहरु हाम्रो समुदाय र हाम्रो सस्कार हेर्ने हो भने बाबुआमालाई पनि चितामा राखेर आगो लगाउनु पर्ने हुन्छ।
फेसबूकमा हेरेको भरमा विश्वाश गर्ने कुरा त आएन। जो साथीको तस्बिर मैले फेसबूकमा देखेको थिए, उही साथीले मलाई कल गरेको रहेछ। मलाई यती धेरै आत्मा ग्लानी भयो कि मैले सहन नै सकिन। के गरौ के नगरौ भए। मैले कल गरे उता फोन सम्पर्क हुनै सकेन। हाम्रो त्यती धेरै कमन साथीहरु पनि छैनन। भएको साथीहरु पनि फेसबूक चलाऊदैनन। जिन्दगी यो दु:ख पनि यसरी आईपर्छ कि आकाश नै खसेर थिच्यो झै हुन्छ। म कन्फोर्म भए- साथीले आत्महत्या गरेछ। कती कायर रहेछ मेरो साथी मैले पहिलो पटक चिने, उ मरिसके पछी चिने।
मैले त्यो साथीलाई सम्झे। मैले हरेको हप्ता उसलाई सम्झाउने गरेको थिए। किनकी उसलाई डिप्रेसन भएर हैन कि कसैले उसलाई धोका दिएको थियो। धोका पनि यती सारो कि शायद यो संसारमा त्यती कसैले भोग्दैनन होला। तै पनि उ गर्दै थियो, मेहनत गर्दै थियो तर त्यो मेहनत र शाहस टुटेछ भनेर भन्नु पर्दा म आँफैलाई विश्वाश लाग्दैन। यदी मैले उसको फोन उठाएको भए शायद उसले यस्तो गलत निर्णय लिग्दैनथ्यो होला कि? यो मेरो अनुमान हो, तर य्सको सोचाइ परिवर्तन गर्न खै म पनि सक्दैन थे कि? किन कि उ र मर्ने सम्मको निर्णय लिगिसकेछ।। हुन त उसले मलाई उसको रहरहरु, उसको काहानीहरु सुनाउनलाई फोन गर्दै थियो होला। कहिलेकाही त मलाई सम्झाउदा सम्झाउदै पनि हैरानी हुन्थ्यो। अनी मैले बक्वास कुरा गरेर उसलाई नै उडाइदिन्थे। मैले दु:ख बिसाउन रक्सी खा, चुरोट खा यसो गर उसो गर भन्दा मुला त्यो समाधान नै हैन नि कस्तो सिकाउछस भनेर मलाई नै झपार्थ्यो। आज त्यही साथीको अन्त्यको खबर मैले फेसबूकबाट थाहा पाउनु पर्यो। धन्य हाम्रो मित्रता!!
हामी काठमाडौंमा सँगै पढेको। मेहनत गर्ने हामी दुबैको बानी थियो। बिस्सी पढ्ने समयमा उसको एउटा बिषयमा ब्याक लाग्यो। घर बाट विश्वाश गुमायो। त्यती धेरै पढ्ने मान्छे एकाएक फेल हुँदा भन्ने ले नाना-भाति भने। तर म हरेक चोटि सम्झाउथे। पैसाको अभाब खड्कदै गयो। बिकल्पमा जागीर खाने सिबाय केही रहेन उसको लागि। हुन त उसलाई एकदमै पढ्न मन थियो। हामी सँगइ भौतिकशास्त्र पढेको। फेल हुँदैमा जहाज डुब्दैन तर बुझ्नेले नबुझे पछी कसको के लाग्छ र? उसको बाबाआमाले कुरा बुझेनन। इज्जतको कुरा आयो, विश्वाशको कुरा आयो। सबै कुरा पैसामा त चलेको छ। हुने बाच्छन् नहुने मर्छन यो संसारमा।
भन्दा मायाप्रेमले भन्ने सुनिएला तर त्यो हुँदै हैन। उसको प्रेमिका पनि सँगै पढ्ने थीई मेरो पनि साथी, अझ मैले त हल्का मात्रै चिनेको। उसले विश्वभाषामा कोरिएन सिक्दै थियो। बिचमा ब्याक पेपर पनि दिएर ईपियस को पनि जाच दिएको थियो। उसको नाम निस्कियो। उ कोरियाको सोलमा एउटा मनुफ्याक्चर कम्पनीमा काम गर्थ्यो। बिदेश जाने समयमा पनि बाबाआमाले पैसा नदिएर उसले साथी भाईसँग सरसापट गरेर मिलाएको थियो। मैले पनि अली अली हाल्देकै थिए। हामी निरन्तर संपर्कमा थियौ। यही अन्तरालमा म पनि बिदेश आए। हाम्रो निरन्तर कुरा हुन्थ्यो। मलाई कमाको पैसा के गर्ने कसो गर्ने भन्थ्यो- मैले भनिदिन्थे, जहाँ जे भए यस्तै हो घरमा आमाबालाई पैसा पठा! छोरोले गर्यो भन्ने पनि हुन्छ पछी काम लागि हाल्छ नि आमा बाबा भनेको आमाबाबानै हो भनिदिन्थे। तर उसले भन्थ्यो- मलाई जुन समयमा एकदम सहयोग चहिएको थियो त्यो समयमा पाएन। खान लाउन पुगीहलेको छ, बाबाको पेन्सन पनि अाइहाल्छ के पठाउनु खै म त पठाउन्न भन्थ्यो! कहिलेकाही जोक गरेर मलाई पठाउन त किस्ता-किस्तामा तिरौला, काठमाडौंमा घर बनाउने टाईममा भन्दा उ खित्का छोडिछोडी हस्थ्यो अनी म पनि उ सँगै हास्थे। हाम्रो पैसाको बारेमा खासै कुरा हुन छाडेको धेरै भएको थियो।
एकदिन मैले समिरा अष्ट्रेलिया ग'को कुरा थाहा पाए त्यो पनि फेसबूक बाट। अनी उ सँग कुरा हुँदा सोधेको थिए। हो यार, अब मेरो भन्ने को नै छ र? अब पहिले देखी नै उसलाई नै चिनेको। मलाई माया पनि एकदम गर्छे। सबै मैले नै हेरेको हो यार।
नेपालमै छदा देखी अष्ट्रेलिया जाने सबै खर्च उसले नै बेहोरेछ। हुन त राम्रै हो अब पछी बिहे गर्ने योजना भएकोहरुलाई। मनमन ले चाँही मैले यस्तै सोचेको थिए। समय बित्दै गयो। समय सँग उसको मायाले पनि रङ फेर्दै गयो। एकदिन आतिदै मलाई फोन गर्यो, खत्तम भयो यार! म त डुबे। म त फसे भन्दै थियो।
तर पनि मैले भने सम्झा। समय लिग। उसलाई पनि समय दे केही भएन भने रोएर हुन्न कराएर हुन्न जाने मान्छेलाई छेक्न हुन्न।
यसै गरी हप्ता बिते। बिस्तारै उसको प्यारीसँग संपर्क टुट्दै गयो रे। अब बिकल्प खोज्न तिर लाग्नु पर्यो सम्झाउनु भन्दा पनि यसै भनिदिन्थे मैले। अन्तिम उपाय थियो ठिकै छ जीवन यस्तै हो भनेर चित्त बुझाउने तर चित्त बुझाउने मात्रै त हैन नि खर्च गरेको पैसा त चहियो नि! मैले भने हिसाब गर सबै पैसा। कती पठाको छस सबै क्यालकुलेट गर। जती नै दु:ख परे पनि बिदेशको ठाउमा कुरा गर्न पनि छुट्टी कुर्ने भन्दा केही बिकल्प छैन।
उसले मलाई भनेको सुन्दा म आँफै तर्सिए। सबै गरेर सोर्ह लाख पैतिस हजार पाठाएको रहेछ। अब त्यो मोबाईल र त्याब्लेट अनी अरु सामान त कता हो कता!
मैले भने- पैसा त टन्नै कमाको रहेछस त!
अन्तिम उपाए थियो पैसा को हिसाबकिताब गर्ने र पैसा माग्ने।
उसले पैसाको कुरा गरे पछी नो चेन्ज गरी। फेसबूक बाट उसलाई ब्लक गरी। कुनै उपाय लागेन संपर्क हुन। सुरुसुरु मा त तिम्रो एक सुको खान्न भन्दै थिई रे। पछी संपर्कबिहिन भए पछी के नै गर्न सकिन्छ र बिदेश बसेर! नेपाल फर्केर गएर पनि भएन उ अष्ट्रेलियामा छे।
मैले अन्तिम प्रयास गरे। उसको फेसबूक हेरे। मेरो फेसबूकमा भए पनि मैले त्यती वस्ता गर्दैन थिए।
उसको फेसबूक मा केटा सँगै बसेको फोटोहरु देख्दा मलाई उदेक लाग्यो। मैले टाईमलाइन हेरे। थाहा पाए उसको पहिले देखीनै केटा रहेछ। नेपालबाट जादैमा सँगइ गएको रहेछ। के भन्छन डाम्ना त्यसलाई! कोर्ट म्यारिज होला नी। मेरो साथी भएको फेसबूक र म भएको फेसबूक अकाउन्ट अर्कै रहेछ उसको। यती धेरै कर्तुतहरु थाहा पाए कि मैले सबै कुरा त मेरो साथीलाई इन्स्टलमेन्टमा भन्दै थिए। किनकी एकै चोटि भन्दा सहन नसक्ला भनेर। कस्तो माया त्यो? कस्तो प्रेम त्यो? धोका भन्ने कुराको पनि हद हुन्छ नि हैन र? आँफैलाई उदेक मात्रै हैन सार्है रिस उठ्यो।
मैले उसलाई मेसेज गरे। साथीसँगको कूरा भएको सबै कूरा। उसले स्विकारी पैसा लिएको। उसले स्विकारी धोका दिएको। उसले स्विकारी अष्ट्रेलिया पनि अरु केटा सँगै गएको।
मैले सोध्थे- आखिर किन यसरो गर्यौ त उसलाई?
उसले सजिलै भन्दी- मैले उस्लाई माया नै गर्थिन। उसले चाँही मलाई औधी माया गर्थ्यो।
किन संपर्कमा रहेको त? किन नाटक गरेको त?
उ भन्थी- कोमोन यार! उसलाई मैले किन हर्ट गर्नु भनेर पो त।
अब के भन्ने? यस्तो उत्तर दिनेलाई। जो सँग माया भन्ने कुरै छैन उसलाई मेरो साथीले त्यस्तो विश्वाश गर्यो? रेअल्ली? मलाई पत्त्याउन गाह्रो भयो।
मैले उ सँग कुरा गरिन। उसको बुढा भनौदालाई सबै कुरा भनेर मेसेज लेखे। यो कुरा मेरो साथीलाई पनि थाहा थिएन। उता बाट रिप्लाई कुर्दै थिए। मलाई केटीले फेसबूक बाट ब्लक गरेकी थिई। मलाई उ सँग कुरा गर्नु पनि थिएन। शायद त्यस्तो नखरा देखौने केटीसँग कुरा गरेर किन आफ्नो पनि तौल घटाऊनु?
एकदिन आयो रिप्लाई। तर नसोचेको उत्तर आयो। उसले पनि स्विकार्यो। त्यही पैसाले अष्ट्रेलिया आको पनि भन्दै थियो। यो उनीहरुको योजना थियो रे! सच्चा प्यार त उनिहरु बिच थियो रे। त्यो सबै नाटक गरेको रे! पैसा तिर्नलाई छैन ब्रो के गर्नु। वी आर सरी। अब सकियो भने पछी तिर्छ रे भन्देउ भनेर यस्तै यस्तै कुराहरु लेखेको थियो।
मैले उत्तर केही लेखिन। लेख्नु आबश्यक पनि ठानिन। मात्रै लेखे, "मेरो साथीलाई अष्ट्रेलिया जान तेत्रो धोका दिनेले कुनै दिन पिआर पाउने भेटी भने सि विल्ल किक्क योर यास... बे अवेर!" भनेर लेखेको थिए।
उसको फेरी जवाफ यस्तो थियो- हु केअर्स? आइ एम अलरेडी प्रीपेअर्ड ओन माइ वे! आइ नो इट हाप्पेन्स,इफ सि डज नट डू इट, आइ विल्ल बिट्रय हर।
अब यस्तो पाजिलाई के भनेर रिप्लाई गर्ने। मन मनै सोचे, साथी त डुबिस। बे स्ट्रोङ। अनी उसलाई मात्रै एक हरफ लेखे।
"सत्य कहिले पनि मर्दैन, कुनै दिन हाम्रो भेट गराउने छन प्रभुले।"
सबै कुरा भनिदिए साथीलाई। त्यसपछी उ पागल झै भएको थियो। मैले पनि के भनेर सम्झाउनु। के नै गर्न सक्थे र! नेपाल फर्की फ्रेश भएर फर्की भन्दा पैसा छैन भन्थ्यो। बिदा छैन भन्थ्यो। पैसा पठाउन म सँग पनि थिएन। मैले बिस्तारै ठीक हुन्छ भनेर सम्झाएको साथीले यो संसार छोड्यो रे। आखिर किन? पैसा डुब्यो भनेर? हारे भनेर? धोका खाए भएर? अथवा अब मेरो केही रहेन भनेर?
म त यो कुरा मन्दै मन्दिन। यो उसको कायरता थियो। यो उसको डर थियो। यो संसारमा सबै भन्दा ठुलो अपराधी त्यो हो जसले आफ्नै हत्या गर्छ, म क्रोधले हत्यारा भन्दै थिए साथीलाई। मैले कायर भन्दै थिए मेरो साथीलाई। जे भए पनि उ मेरो साथी थियो। उसको आत्माले शान्ती पाओस।
मान्छे रमौदा पनि एक्छिन मात्रै रमौछ। सबैलाई थाहा भएकै हुनु पर्छ, खुशी यती क्षेणिक हुन्छ कि त्यस्को खुशीयाली मनाउने समय समेत हुन्न! किन? किनकी मान्छेले दु:ख बिर्सिन्छ झन धेरै दु:ख लागि भोग्न देखी डराउछ भनेर हुनुपर्छ। मान्छेको सबै यो फीलिङ्स हो, जसले यसलाई कन्ट्रोल गर्न सक्यो त्यो मान्छे सफल हुन्छ, खुशी हुन्छ जसले यसलाई कन्ट्रोल गर्न सक्दैन त्यो हर्छ। मेरो साथीको पनि यही हो काहानी। उसले कन्ट्रोल गर्न सकेन। उसले बुझेन कि एक डेढ बर्षमा कमाको पैसा र पाएको केटी फेरी पनि पाउछ यदी उ आफ्नो इमन्दारिता बाट डग्मगाएन भने। तर त्यो हुनै पाएन किन भने उसले सबै कुरालाई नकरात्मक रूपमा लिग्यो। एक्चोटी सोच्नुस् त जीवन बुझ्न खोजे कती गाह्रो छ? यदी नबुझी सबै कुरा यस्तै हो भनेर लिने हो भने धेरै नै आनन्द को छ।
त्यसैले प्रिय मेरो साथीभाइ हरु, तपाईंहरुको पनि प्रेमीप्रेमिका होलान। हदैसम्मको माया गर्नुस्, विश्वाश गर्नुस्, तर कुनै दिन धोका खानु भयो भने यो नसोचुनुस् कि जिन्दगी नै दुब्यो, त्यो त अर्को मौका हो नराम्रोलाई गल्हत्याएर राम्रो पाउने। जती नै धेरै दिए पनि आफ्नो सर्बस्व मन चाँही नदिनुस्, अथवा त्य्सलाई मैले अटाचमेन्ट भन्छु, ताकी प्रेममा हरेर पनि जितेको महसुस होस्। सबैको जय होस्। सबैको भलो होस्। सबैको प्रगती होस्। तर अकालमै ज्यान गुमाउन नपरोस ताकी एक्छिन को सोचाइ र गहिराइमा डुबेर!
हरेक रात पछी दिन आउछ साथी,
सास मिल्काएर पनि लिने छीन आउछ साथी,
दु:खमा नडराएरै हास्ने हो भने,
जिन्दगीमा रमाइलो सिन आउछ साथी।

0 comments