यि समबेदनाका शब्दहरु पनि तिमी सामु पुग्ने छैनन, देख्यौ म कती धेरै स्वार्थी छु?

November 07, 2014

गलेको ज्यान, निन्द्रालु यो आँखाहरु
उज्यालो, जता हेरे पनि बत्ती, बत्ती
त्यसैले, रात पनि हुदो रहेछ दिन जस्तो,
ए! छौन्जेल अरुको त्यो पाए पछी आफ्नै,
साहुले दिएको रिन जस्तो,
सम्झना बनेर पोलिरहने,
अझै भनौ,
बनेको छ यो जीवन,
पानी पर्दा बज्ने गाउघरको छानो,
खिईेएको टिन जस्तो।


धेरै दिन पछी फेरी लेख्ने जमर्को गर्दै छु। गाउघरमा तरकारीमा लगाउन थुनेर बनएको आहल बाट तप्प तप्प चुहिएको तथा घामले बाफ बनेर उढेको पानी र मेरो मनको वहहरु मलाई कहिले कहिले उस्तै लाग्छ। जीवन यस्तै हो भनेर बुझिसकेर पनि कहिले काही सानो कुराले दिमागमा बत्ती बालिदिन्छ औसिको रातमा बटुवाले ब्याट्री फारु गरी गरी बलेको त्यो लाईटरको पिल्पिले उज्यालो जस्तो। आखीर बत्ती बिनै पनि गन्तब्यमा दौडिनुनै छ बटुवालाई त्यस्तै मेरो जीवन पनि चल्नु नै छ आफ्नै गतिमा, आफ्नै सोचाइमा तरपनी वरीपरी हुने र देख्ने गरेका सामान्य तथा प्राकृतिक घटना क्रमहरुले बिथोलिदिन्छ मेरो बुझाईलाई मेरो सम्यमततालाई।

मलाई आजकल लाग्न थालेको छ जीवन दुई कुरा बिना पूर्ण हुनै सक्दैन। हुन त हामीले प्रथाना गर्ने गरेको भगवानरूपी काल्पानिक विश्वाशको एउटा रूप त हामी पूर्ण पाउन सक्दैनौ भने हाम्रो जीवन त पूर्ण हुने कुरै छैन तर पूर्ण भन्नाले अनुभबी र अरु भन्दा प्रिथक ताकी अरु कसैको लागि प्रेणादायी बन्न सकोस। जती नै मान्छेले जान्ने सुन्ने छु भनेर खोके पनि उसले यात्राा गरेको छैन भने र किताब पढ्ने बानी छैन भने कहिले पनि ज्ञानी हुन सक्दैन। म यो कुरा ठोकुवा गरेर भन्न सक्छु। म यही सिदान्त्तमा हुर्कदै छु। त्यसैले पनि होला आजकाल यात्रा बिनाको जिन्दगी यो कल्पनानै गर्न सक्दिन। बिगतमा बिदेश नघुमेपनी देश घुम्ने क्रम कहिले रोकिएको थिएन। यस्तो रहर छकी, जो कसैले कुनै चोक अथवा नेपालको कुनै एउटा गाउको बारेमा कुरा गर्दा म त्यहा पनि पुगेको छु भनेर कुरा मिलाउन सकु। 

यात्रा महँगो छ, प्राय म जस्तो विद्यार्थीको लागि महङै छ। बरु त्यो भन्दा अर्को उपाय यो समय पढ्ने र बुझ्ने हो भनेर नै मैले पाए सम्मका राजनीतिक, प्रेम, जीवन र आत्माकथाहरु को किताब भेट्टाए सम्मा छड्दिन। पहिले पहिले सानोमा च्यातिएका किताब हरु झोलामा कोची कोची हिंड्ने मेरो बानिको बारेमा अझै पनि मेरो ठुलोबुवाले ब्यङ्य गर्दै मुर्छानै पर्ने गरी हास्नु हुन्छ झन बिदेशमा मेरो झोलाका नपढे पनि बोकिने ति किताब हरु देखे भने के भन्दा हुन भनेर कहिले कहिले आँफै मुस्कुराइरहेको हुन्छु म। जे होस् जीवन थोरै बहुत यो बिदेशको भुमिमा एक्लिएर पनि हल्लिनै रहेको छ। नहल्लेको घडीमा हल्लाउने झोलले कहिलेकही अमृतको काम गर्थ्यो अब त्यो पनि छोडेपछी गाह्रो भएको छ जीवन। नत्र म अहिले यो लेख्नु भन्दा पनि त्यसैमा झुम्मिरहेको हुन्थे होला।  

मलाई थाहा छैन मैले किन यसरी भूमिका बाधेर लेख्छु भनेर। मैले लेख्न खोजेको कुरा अर्कै थ्यो। अब खाटी कुरामा लाग्नु पर्‍यो फेरी यहाँ युनिकोडमा टाईप गरी रहने समय पनि छैन। बिडम्बना देशमा छौन्जेल बुझिएन अहिले छर्लङै भको छ।  

********************

जर्मनीमा चिसो ह्वात्तै बढेको छ। नेपाल बाट ल्याएको कपडा खोजी खोजी टम्मै लगएर हिंड्नु पर्छ। तर मन बेखुश भको बेला चाँही म लगाकै टीसर्ट मा ख्वात्त ज्याकेट भिरेर हिडिदिन्छु। सडकमा चिसोले काम्नु पर्छ दिमागलाई कूलरको काम गरीदिन्छ। आहा! आज त्यस्तै भयो। बिदेशको यो बसाइमा थोरै चिनेको मान्छे हरु सँग कुरा गर्नु पाउनु भनेको कहिलेकहिले त भगवाननै साक्षत्कार भएको फील हुने रहेछ। यहाँ तिनै थोरै मध्यको मेरो साथी एन्स जो बेर्लिनमा बस्छ। थ्याक्कै ११ महिना अगाडि म बेर्लिन जादा उसले सकेको आथित्य देखायो। म कसरी भनौ, मलाई नेपालमा पाउने माया भन्दा पनि बढी भको थियो त्यतिबेला। हुन त मैले त्यो समयमा अलिक धेरै नै परिवारहरुलाई भेटे त्यही भएर पनि अली महत्व अझै कमी भएको थियो होला तर त्यो बसाइ अचम्मैको थियो। मैले बिर्सनै नसक्ने थियो। उसको परिवार सँगको त्यो पहिले भेट मेरो लागि धेरै नै अबिस्मरनीय थियो। आज तिनै परिवारको टाउको ढलेको सुन्दा रौ हरु ठाडा ठाडा भए अनी दिमागले फेरी मृत्‍यु र जीवन सँग को मुडभेड गराउने असफल जमर्को गर्‍यो। 

तस्बिर:एन्स र उसको परिवार सँग। बाँया बाट: उसको बुवा, आमा, बहिनी म, उ र उसको प्रेमिका।

म त्यो समय त्यो घरमा नगएको भए यो सम्झनामा रहन्न थ्यो होला। मलाई आज यसरी बियोगमा हराउनु पर्ने पिडा पनि हुन्थेन होला। तर मैले त्यो घरमा गएर रात बिताए, सँगै बसेर खाए। त्यहा बासुरी बजाए। कनीकुथी जनेको भाषामा धेरै कुरा पनि गरेको नै हो। फेरी जती प्रोउढ सँग कुरा गर्दाको त्यो मिठासपन हुन्छ त्यती मलाई मेरै उमेरका हरु सँग गर्दा लाग्दैन किन भने उनिहरुको जीवन र हाम्रो जीवन धेरै फरक छ। त्यो समय त्यो बेर्लिनको पर्खाल, पूर्व र पश्चिम जर्मनी लगाएतका कयौ ज्ञानगुनका कुराहरु सुन्ने मौका मिलेको थियो मलाई। आज यो घडीमा त्यही पल हरु सम्झिएर हार्दिक समबेदना भनेर लेख्नु पर्दा आँखा रसाएझै गर्छन्, हात्सल्बलाए झै गर्छन् अनी म मेरो साथी एन्स लाई सम्झिन्छ, कती सालीन र भद्र उसले कुन रूपमा लिईरको होला यो उसको बाबाको अन्त्यको लागि।

म यती कातर र अब्यवारीक रहेछु भन्ने कुर मलाई आज अलिकती भने पनि आभाश हुँदै छ। कल गर्न भनेर दबएको फोन काट्नु पर्‍यो। कही कतै लाग्छ शायद न मिसकल नै पो गयो कि! के भन्यो होला मिस्कल गएको भए? आदी इत्यादी कुराहरु फेरी जोडीएर आउछ।

अब फोन गरेर के भन्ने? फेरी यहाँको कल्चर कस्तो छ त्यती धेरै थाहा पनि छैन नेपालमा झै गरौला फेरी अर्कै होला तरिका। नगरौला फेरी के को लागि फोन गर्ने? त्यो भन्दा उ सँग बोल्न नपाएपनी यही तरिकाले समबेदना प्रकट गरीरहदा अलिकती भने पनि यो कातर मन हलुङो भएको झै लगेको छ।

रुवाइमा झर्छ आशु,
फेरी हासोमा पनि झर्छ उही चिज,
झर्ने उही आशु, एउटामा खुशी
फेरी अर्कोमा पर्छ किन पिर? 
जन्मिन्छ, हुर्किन्छ समय चल्दै जान्छ
एक दिन कोही सँग बिहे भो,
जन्माउछ बच्चा, हुर्काउछ,
चल्दै जान्छ यसैगरी
भन आखिर जीवन त के हो?

You Might Also Like

0 comments

Popular Posts

Follow me on Facebook

Featured post

The Long Drive Home: A Wake-Up Call for Safe Driving

Finding peace at the edge of the world. @Kalpabrikshya Mr. K had planned a relaxing weekend getaway for his family. They were all looking fo...

Subscribe