यि समबेदनाका शब्दहरु पनि तिमी सामु पुग्ने छैनन, देख्यौ म कती धेरै स्वार्थी छु?
November 07, 2014उज्यालो, जता हेरे पनि बत्ती, बत्ती
त्यसैले, रात पनि हुदो रहेछ दिन जस्तो,
ए! छौन्जेल अरुको त्यो पाए पछी आफ्नै,
साहुले दिएको रिन जस्तो,
सम्झना बनेर पोलिरहने,
अझै भनौ,
बनेको छ यो जीवन,
पानी पर्दा बज्ने गाउघरको छानो,
खिईेएको टिन जस्तो।
मलाई आजकल लाग्न थालेको छ जीवन दुई कुरा बिना पूर्ण हुनै सक्दैन। हुन त हामीले प्रथाना गर्ने गरेको भगवानरूपी काल्पानिक विश्वाशको एउटा रूप त हामी पूर्ण पाउन सक्दैनौ भने हाम्रो जीवन त पूर्ण हुने कुरै छैन तर पूर्ण भन्नाले अनुभबी र अरु भन्दा प्रिथक ताकी अरु कसैको लागि प्रेणादायी बन्न सकोस। जती नै मान्छेले जान्ने सुन्ने छु भनेर खोके पनि उसले यात्राा गरेको छैन भने र किताब पढ्ने बानी छैन भने कहिले पनि ज्ञानी हुन सक्दैन। म यो कुरा ठोकुवा गरेर भन्न सक्छु। म यही सिदान्त्तमा हुर्कदै छु। त्यसैले पनि होला आजकाल यात्रा बिनाको जिन्दगी यो कल्पनानै गर्न सक्दिन। बिगतमा बिदेश नघुमेपनी देश घुम्ने क्रम कहिले रोकिएको थिएन। यस्तो रहर छकी, जो कसैले कुनै चोक अथवा नेपालको कुनै एउटा गाउको बारेमा कुरा गर्दा म त्यहा पनि पुगेको छु भनेर कुरा मिलाउन सकु।
यात्रा महँगो छ, प्राय म जस्तो विद्यार्थीको लागि महङै छ। बरु त्यो भन्दा अर्को उपाय यो समय पढ्ने र बुझ्ने हो भनेर नै मैले पाए सम्मका राजनीतिक, प्रेम, जीवन र आत्माकथाहरु को किताब भेट्टाए सम्मा छड्दिन। पहिले पहिले सानोमा च्यातिएका किताब हरु झोलामा कोची कोची हिंड्ने मेरो बानिको बारेमा अझै पनि मेरो ठुलोबुवाले ब्यङ्य गर्दै मुर्छानै पर्ने गरी हास्नु हुन्छ झन बिदेशमा मेरो झोलाका नपढे पनि बोकिने ति किताब हरु देखे भने के भन्दा हुन भनेर कहिले कहिले आँफै मुस्कुराइरहेको हुन्छु म। जे होस् जीवन थोरै बहुत यो बिदेशको भुमिमा एक्लिएर पनि हल्लिनै रहेको छ। नहल्लेको घडीमा हल्लाउने झोलले कहिलेकही अमृतको काम गर्थ्यो अब त्यो पनि छोडेपछी गाह्रो भएको छ जीवन। नत्र म अहिले यो लेख्नु भन्दा पनि त्यसैमा झुम्मिरहेको हुन्थे होला।
| तस्बिर:एन्स र उसको परिवार सँग। बाँया बाट: उसको बुवा, आमा, बहिनी म, उ र उसको प्रेमिका। |
म यती कातर र अब्यवारीक रहेछु भन्ने कुर मलाई आज अलिकती भने पनि आभाश हुँदै छ। कल गर्न भनेर दबएको फोन काट्नु पर्यो। कही कतै लाग्छ शायद न मिसकल नै पो गयो कि! के भन्यो होला मिस्कल गएको भए? आदी इत्यादी कुराहरु फेरी जोडीएर आउछ।
अब फोन गरेर के भन्ने? फेरी यहाँको कल्चर कस्तो छ त्यती धेरै थाहा पनि छैन नेपालमा झै गरौला फेरी अर्कै होला तरिका। नगरौला फेरी के को लागि फोन गर्ने? त्यो भन्दा उ सँग बोल्न नपाएपनी यही तरिकाले समबेदना प्रकट गरीरहदा अलिकती भने पनि यो कातर मन हलुङो भएको झै लगेको छ।
रुवाइमा झर्छ आशु,
फेरी हासोमा पनि झर्छ उही चिज,
झर्ने उही आशु, एउटामा खुशी
फेरी अर्कोमा पर्छ किन पिर?
एक दिन कोही सँग बिहे भो,
जन्माउछ बच्चा, हुर्काउछ,
चल्दै जान्छ यसैगरी
भन आखिर जीवन त के हो?

0 comments