बिडम्बना: तपाईंको जीवन अरुकै हातमा छ...

November 22, 2014

'बा, चाडै घर आउनुस् है! मलाई पापा ल्याइदिनुस् है!'

'बुढा, दु:ख सुखले यही बसौला भन्या मानेनौ। खाने कुरा पनि केही छैन, राम्रो सँग गएस, चाडै फर्केर आएस।'

'बाबु, अब शहर बाट कहिले फर्कने होस् त, पैसा चाहियो भने खबर गर्नु, म यहाँ बैक मा पठाइदिउला। धेरै त खर्च नगरनु, पैसा छैन। जागिर पाए पढ्दै जागिर गर्नु।'

घरबाट निसकने समय र केही दिन देखी यस्तै यस्तै घर सल्लाह र भलाकुसारीहरु हुने गर्छन् गाउघरतिर। बिदेश गएर पैसा कलाएर ल्याउनु पर्‍यो। शहर गएर कमाएर ल्याउनु पर्‍यो। पढ्नको लागि शहर जानै पर्‍यो। उपचारको लागि गाउ छड्नै पर्‍यो, खानेकुरा, लताकपडा चहियो। हरेक कुराहरुको लागि गाउबाट शहर अथवा सदरमुकाम नअाइकन सुखै छैन। यसरी र यिनै कारणहरुले यात्रा सुरु हुन्छ गाउ बाट। तर बिचैमा जीवन गुमाउन पर्छ सबैले। बाबा कुरीरहन्छिन छोरीले, लोग्ने कुरी रहन्छे स्वास्निले अनी छोराले पढेरलेखेर पाल्ला भन्ने सपना यसरी चकनाचुर हुन्छ।

....... बसको टिकेट सकियो। यहाँ बस्नुस्, उहा बस्नुस् भन्दै खाली देखेको ठाउँजतिमा खलासिले मान्छे कोच्न सुरु गर्छ। जाउ जानै पर्ने छ नजाउ हिंडेर पुग्न सकिन्न। पुग्न त सकिएला फेरी आफ्नै अगाडि गाडी घ्वार घ्वार गर्दै दौडेको आँखाले हेर्नै सक्दैन। बिडम्बना चड्नै पर्‍यो गाडीमा। गाडी गूड्छ। सबै भगवानको नाम जप्दै आफ्नो सुरक्षित यात्राको कामना पनि गर्छन्। खाल्डो आउछ, घुम्ती आउछ, भिर आउछ तैपनी गाडी रोकिदैन। मान्छे हाल्नलाई रोक्दैन। ड्राइभरहरु प्राय उरेन्ठेउला अथवा भर्खरका हुन्छन यस्तै गाडीमा चाँही। अनी गाडी त अटोमाटिक हुने कुरै भएन ड्राइभर को हातमै निर्भर रहन्छ सबैको ज्यान। तेत्रा भिरबाट खसेर, लडेर अथवा कतै खोलामा परेपछी को बाच्ला र? 

गाउका मान्छेहरु सोझा हुन्छन। हतपती बोल्ददैनन। झन तेत्रो गाडी हाँक्ने चालकलाई त केही भन्न सक्ने कुरै भएन, फेरी केही भनौला रोकेर निकाल्देला भन्ने डर। म आँफैले पनि भोगेको छु अछामको बेताल्मान्डु बाट दिपायल आउने बेलामा। अगाडि पछाडि तल माथि सबै तिर मान्छे नै मान्छे। यतीसम्म कि रात्री बसमा समेत छतमा मान्छे रखिएेका हुन्छन।  अब के भन्ने? कसले यसको निरिक्षण गर्ने?

पहिले म स्कुल पढ्ने बेलामा कतै मान्छे मरेको रेडियोमा खबर सुन्दा हजुरआमा सँगै रामराम भन्ने गर्थे। पछी बिस्तारै देशमा दन्द्व बढ्दै गयो, हत्या हिम्सा बढ्दै गयो, मारेका र मरेका कुराहरु एकदमै सामान्य लाग्न थाले। स्कुल नसकिदै अफुसङै पढ्ने साथीहरुले ज्यान गुमाए। छिमेकमा दिदिलाई आर्मीले सबैको अगाडि गोली हनेर मार्यो। समाचारमा सरकारका मान्छेहरुले माओवादी मारेका कुरा जोशले पढेको झै सुनिन्थ्यो फेरी प्रहरी हत्याका र लडाईंका कती समाचार हुन्थे। मानौ त्यो समयमा पत्रपत्रीका त फोटो र समाचारले भरिएकानै हुन्थे! रेडियो टि.भी मा समेत देखाउने र सुनाउने कुरा केही हुँदैनथ्यो। हजुरामा धन्य चाडै बित्नु भएछ, यस्ता बिबिध समाचार सुन्नु पर्दा उहाको मुखबाट निस्कने भगवानको नामले त झन भगवानको नै खिल्ली उदाउथ्यो होला। मैले यो प्रसँग जोडेको किनभने, पहिले एकले आर्कालाई मार्थे, लडाईं हुन्थ्यो। बम पड्किन्थ्यो। अहिले त्यो भन्दा बिल्कुलै फरक तर त्यो समयको भन्दा पनि बिभत्स घटनाहरु बढ्न थाले। सडक दुर्घटना! 


*** *** *** 

कामले थाकेको शरीर, पढाईले थाकेको ज्यान र समयमा खान नपाएर लोलाएका यो जोशहरु हराउदा पनि निन्द्रा आउँदैन। अचम्म! आँफैलाई हिर्काउन मिलेन। जाडो बढ्दै गएको छ तैपनी कफी पिउन छडिदिए निन्द्रा नहराओस भनेर। मेरो निन्द्रा किन आउँदैन? इम्सोमनिया भयो? आदीइत्यादी। हुँदै हैन। केही भएको हैन, मानसिक चिन्ता अथवा मनोबैज्ञानीक असरले होला शायद। आँफै बिरामी आँफै डा. भको झै अनुभब हुन्छ कहिले काही त। आज पनि त्यही भयो, सुतिसकेको म उठे। उठेर यहाँ लेख्दैछु। बिदेशको यो भुमिमा बसेर लेख्ने र पढ्ने अनी जीवन गुजार्न काम गर्ने भन्दा बेगर के छ र? पैसा कमाएर पनि समयमा खान नपाउने जीवन छ! मनले यस्तै दुखेसो पोखेपनी एकमनले चाँही भन्छ कि कमसेकम अर्को लापार्वाहीले गर्दा चाँही ज्यान फाल्नु पर्दैन नि।

 आजकाल दिनहुजस्तो सडक दुर्घटना बढ्न थाले। हुन त पहिले अहिलेको जस्तो सामाजिक सन्जाल थिएन, संचार सुबिधा थिएन र हामीले थाहा पाएनौ होला। पहिले पनि दुर्घटना हुन्थे होलान, मरे होलान धेरै नै। तर आजकाल को यो मेडियामा सधैं जस्तो अाइरहने खबरले मलाई मात्रै हैन धेरैलाई पिर पर्छ होला। परिवारको कोही यात्रा गर्दै छ भनेपनी गन्तब्यमा पुगेर फोन नाउन्जेल केही समय ढिला भयो भने पनि सन्का गर्नु पर्ने स्तिथी पो आउँदै छ त! खबर लेख्ने यि पत्रपत्रीका र अन्लाईन सन्जाल हरुले अलीकती भने पनि सचेतनाका समाचारलेखिदिने गरे हाम्रा चालक दाजुभाइ र सरोकारवालाहरुको मा खबर पुग्थ्यो होलानी बरा त्यसो पनि किन गर्थे र? समय अर्कै छ पैसाको कुरा छ यहाँ।

मलाई धिक्कार लाग्छ प्राय बिकासको कुराहरु सम्झदा। यहाँ चालकलाई मात्रै के दोष दिने र। सडक बनाउने हाम्रा ईन्जिनियर भनौ या ओभर्सिएर दाजुभाइदेखी टेकेदार र कमदार हरुको लापर्बाही पनि हो यो सबै। अझै सडग बिभाग को त कुरै छाडौ। यहाँ चड्ने देखी चढाउने, बनाउने देखी बनाउन लगाउने सबैको कमीकमजोरी छ। हामीलाई सुबिधा चाहिएको छ तर त्यसको गुणस्तर जेसुकै होस मतलब नै छैन। अझै बिकासका वकालत गर्ने हरु भन्ने गर्छन्, रोल्पा,रुकुम र जाजरकोट देखी हुम्ला जुम्ला गाडी दौडिरहेको छ यो बिकास नभए के? कती हेपेका यि जिल्लाहरुलाई।

सडक धेरै बने, बनेका सबै भैंसी हिडाउनको लागि र दसैं तिहारमा पहिले गाउ घरमा सरसफाइ गरेर फराकिलो बनाएको झै सडकहरु बने। कुनैकुनै मा त पैसाको चलखेल मिलाउनलाई चाडै कालोपत्रे पनि भए होलान। गाउमा अली जान्ने सुन्ने सबै मन्त्री, नेताका छाते हुने भै गए, अरु बाँकी रहेका भैंसी दुनु र कुटो कोदालो गर्दैमा ठिकै छ कसैले अवाज उथाउने कुरै आएन। कती सजिलो छ नेपालमा बिकासका प्रोजेक्टहरु लागु गराउन।

यि सबै कुराहरुलाई एकछिन थाती राखेर हाम्रो जीवनको मुल्य खोज्ने हो भने के हामी यसै गरी मर्नु पर्छ भन्ने थाहा पाउदा पाउदै पनि आफ्नो ठाउँबाट सचेतनाका काम नगरने नै हो त? सोच्नुस् त, घरको एकजनामात्रै दुर्घटनामा परे भने हामीलाई कस्तो होला? मर्नेहरुको, हराउनेहरुको पनि परिवार छ। उनीहरु पनि आफ्न्तो गन्तब्य खोज्दै हिंडेका होला। कतिको भर्खरै बिहे भएको होला, कतिको हातमा दुधे बालक नै थियो होला, कती बिदेशबाट फर्कदै थिए होलान, कती बिदेश कमाउन जादै थिए होलान। जहाँ जे भए पनि उनी हरु सबैको जीवन हो, त्यो अंमुल्य छ। मरेर जाने त गयो गयो, बच्ने हरुले मरीरहनु पर्छ हाम्रो देशमा। सामाजिक सुरक्षा के छ? मर्ने हरुलाई कसले क्षतिपुर्ती दिन्छ? जान्नेहरु बाठाटठाहरु सबैले बस समिती अथवा अन्यत्र बाट पैसा लिग्लान तर हाम्रा हर्के र रामेहरुले के गरुन? घरको मियो नै धले पछी बिचल्ली हुनु त स्वाभाबिक नै हो।

मलाई एउटा प्रसँग जोड्न मन लाग्यो। म कलेज पढ्दा मेरो एउटा साथी थियो। पढ्नलाई एकदमै टाठो। उ एउटा मात्रै छोरो थियो परिवारको। पढाई तेज भएपछी सबैको प्यारो हुनु स्वाभाबिक नै हो। एकदिन आमा बिरामी भयो भनेर घर गएको साथी महिनौ फर्केर आएन। त्यो बेलामा कहाँ अहिलेको जस्तो मोबाईल, फेस्बूक थियो र? पछी थाहा पाए उ त बितीसकेछ। मैले उ सँग बिताएका पलहरु सम्झे, उसले भन्ने गर्थ्यो, मेरो गाउमा मैले धेरै गर्नु छ, पढ्न नपाउने भाईहरुलाई पढाउन सके भने मेरो लागि जीवन त्यही हो। उसले जहिले पनि आफु जसरी पनि गरीब दुखिको मनमा बस्ने कुरा गर्थ्यो। मलाई लाग्थ्यो कती बिशाल हृदय भएको मान्छे त। आफु राम्रो परिवारमा हुर्किएर पनि दिनदुखीको बारेमा सोच्छ। उसका सम्झिने कुरा हरु धेरै नै छ। तर उसको सपना अधुरै रह्यो। दिनदुखिको त कुरा उसको बाआमालाई समेत बुढेशकालमा हेर्ने मान्छे भएनन। भगवानले पनि यस्तै मान्छेलाई तिपेर लग्छन। यो त एउटा उदाहरण मात्रै त हो।   

सोच्नु त! तपाईंले यो सबै रोक्नको लागि पहल गर्न सक्नु हुन्छ। यि अल्पायुमै जाने अथवा बित्ने जीवनलाई बाचाउन सक्नु हुन्छ। तपाईंले अरुको आँखाबाट झर्ने बलिन्द्र धाराहरु रोक्न सक्नुहुन्छ अनी फेरी आमाबुवा नगुमाइ बच्चाहरुलाई टुहुरो बनाउन बाट जोगाउन सक्नु हुन्छ। त्यसको लाई तपाईंले केही गर्नु पर्दैन। मात्रै कुरै कुरैमा सचेतना फहिलाउने काम गर्नु पर्‍यो! 

१ तपाईंको घरपरिवारमा, टोलछिमेकमा कोही चालक छ भने सम्झाउनु पर्‍यो, आईपर्ने भबितब्य जोगाउन चालकले धेरै भूमिका हुने भएकोले सकेसम्म सबारीसाधनको गती नियन्त्रणमा राखेर चलाऊन पर्‍यो।

२ गाउघर जता चल्ले गाडी भए पनि समितिहरुलाई दबाब दिनु पर्‍यो ताकी बस नै नचलाओस चलाए पछी फाईदाको लागि मात्रै नभएर यात्रुको भार थाम्न सक्ने गरी सन्चालन गर्नु पर्‍यो।
३ यदी गाडीको गती र चालकमाथि सन्का लाग्यो भने ट्रफिकलाई जानकारी गराउनु पर्‍यो।
४ अफुले चलाएको सबारी नियन्त्रणमा हुनु पर्‍यो चाहे त्यो किन साईकल नै किन नहोस्।
५ गैरसहकारी संघ सस्थाहरुले जनचेतानाको लागि तथा सार्वजनिक हितको लागि सडक दुर्घटना कम गराउन मद्दत् गर्ने कार्यक्रमहरु सन्चालन गर्ने।
६ चलचित्रमा गएर कलेजको विद्यार्थी खोज्नु भन्दा राजमार्गमा सबारी चेकजाच गर्न पुलिस खटाउनु पर्‍यो प्रहरी निकायले पनि।
७ यातायात ब्यबसायिहरुको यसमा झन ठुलो योगदान रहन सक्छ किनभने अनुभबी र भरपर्दा चालकलाई मात्रै गाडीचलाऊनु दिनु पर्‍यो।
८ यदी मापडन्द नपुर्याइ सबारी सन्चालन र ब्यबसायिक बनाएको छ भने सम्बन्धित ब्यक्तिले जिन्दगीभर यो पेशामा लाग्न नपाउने गराउनु पर्‍यो।
९ सडक बिभागले जती पनि नयाँ बनेका सडकहरुमा गाडी गूडाउनको लागि ठीक छ कि छैन अध्ययन गराएरमात्रै सडक सन्चालनमा ल्याउनु पर्‍यो।

यसरी धेरै नै छन लगानी बिना नै गर्न सकिने काम हरु। कतीपय यहाँ उल्लेखित बुदाहरु त सरकारको नितिमा पनि छ र हुनुपर्छ तर त्यसको उपयोग नभए पछी मरेको बिरामी लाई उपचार भनेको झै भै गयो नि!

सडक दुर्घटनाबाट बचौ र अरुलाई पनि बचाऔ।

अन्त्यमा, म्रित आत्माहरुको चिर शान्तिको कामना।

सबैको जय होस। 

(I was supposed not to update the blog but I am very sad and depressed due to continuous news of road accidents in Nepal. This is only the way I can extend my heartfelt condolence. I hope the situation will get better and many lives will be saved in coming days)

You Might Also Like

0 comments

Popular Posts

Follow me on Facebook

Featured post

The Long Drive Home: A Wake-Up Call for Safe Driving

Finding peace at the edge of the world. @Kalpabrikshya Mr. K had planned a relaxing weekend getaway for his family. They were all looking fo...

Subscribe