तिमी , म र यो नयाँ बर्ष।

January 04, 2015

नयाँ बर्ष? ह्या छाड् मलाई बाल छैन! मैले साथीलाई भन्दै थिए।

साले यूरोपमा बसेको छ अझै ठुलो कुरो गर्छ।- साथीले यस्तै यस्तै भन्दै थियो।

म अर्कै खालको छु भनेर उसलाई थाहा छ। मेरो जीवनमा धेरै साथीहरु बने। मैले सकेजती सबै सँग राम्रो हुने कोशीश गरे, कतिले त मलाई जिन्दगीभर बिर्सदैनन होला तर म उनीहरुको मात्रा साथी बनेछु उनीहरु मेरो साथी कहिल्यै बनेनन जती बेला उनीहरुले मलाई साथी झै चिन्न लागे अनी म उनीहरुको संपर्कमै रहिन। कतिपय साथीहरु सँग यस्तै भयो अथवा गरियो। मलाई माथिको कुरा भन्ने साथी मेरो साचिकै साथी हो किनकी उसलाई मेरो बारेमा सबै कुरा थाहा छ झन उ त मेरो जीवनको सल्लाहकार भन्दा पनि हुन्छ।

घरको रिनले भत्भती पोलेको छ। कैले तिर्नु अनी आफुले चाहेको जसरी फ्री हुने? पढाई? हो चलिरको छ तर काम र पढाई दुबै चलीर'को छ। क्रिसमस बिदा? नयाँबर्ष बिदा? हो!! लाग्नेलाई लाग्यो तर मलाई भुत्रोको क्रिसमस? अनी नयाँ बर्ष रे? के को नयाँ बर्ष? समय बितेपछी पुरानो भाईरहन्छ त्यही भएर हरेक रात अगाडि र पछाडि पुरानो र नयाँ लाग्छ मलाई। मलाई पो यस्तो लाग्छ त मलाई लागेर सबैलाई लागे त हुन्थ्यो नि!! समाजमा बस्न पर्छ, समुहमा बस्नु पर्छ तर बिदेशमा बिडम्बना भनौ या रहर कहिलेकाही समुहमा भएको पनि अनुभब हुन्न। समाजमा भएको पनि अनुभव हुन्न। जीवन एक्लो महसुश हुन्छ। मेरो धेरै समय यसरी बितेको छ तर पनि गुनासो केही छैन किनकी मैले जीवनलाई भोगिरहेको छु।

सबैलाई चाड लागेको बेला, नयाँ बर्ष लागेको बेला त्यो खाली सडकमा चिसो सिरठोमा साइकलमा दौडिरहेको थिए काम काम भनेर म! हुन त बिदा लिगेको भए पनि मिल्थ्यो तर किन? चाड मान्नलाई? घुम्नलाई? अथवा सुत्नलाई? रमाइलो गर्नलाई?

जती मन भडकाउन खोजेपनी अाफु बस्ने ठाउको रहनसहनले छुनु भनेको स्वाभाबिक हो। त्यसैले मलाई पनि भित्र क्रिस्मस लागेको थियो नयबर्षा लागेको थियो विश्वाशले हैन कि अरुलाई देखेर।

क्रिस्मसमा मैले धेरै नै घर सम्झे। सब से बढी आमालाई सम्झे। जाने बेला उाने बेला त्यो राजमार्गको बाटो नै खाली देख्दा मेरो मन पनि खाली हुन्थ्यो अनी धिक्कार्थे जीवनलाई किनकी अलिकती पैसाको लोभले गर्दा सबै जना आफ्नो परिवार सँग रमाइरहदा थोरै मध्ये जो पैसाकमौन तिर लाग्छन म पनि त्यही हुलमा थिय। पहिलेको जस्तो हिंडेर आउने जाने भए त म झन पिडाले हिडिरहेको हुन्थे होला तर अहिले साईकल चड्ने भएर अलिक सजिलो छ।.... ;;;; ........ यही अनेक कुराहरु सँग मैले क्रिस्मस बिताए अनी नयाँबर्ष पनि। 

मैले नयाँ बर्षको उल्लासमा रमाइलो मान्ने भन्दा पनि पुरानो सालको  यादमा धेरै नै समय बिताएछु।

नेपाल देखीको जर्मनी सम्मको त्यो यात्रा। पढेर डा. अगाडि लेख्ने सपनाहरु बर्षको अन्त्य सँगइ बिस्तारै पैसा पटी ढल्कदै गएको देखेर आँफैलाई धिक्कार्दै छु। सबैलाई हाइ हेल्लो गरेर मुर्छापरीपरी हास्ने म अहिले अरुले कन्ट्याक्ट् नगरुन भनेर सम्भब्य भएको सबै च्यानलहरु बन्द गरेर बसेको छु त्यही भएर पनि मैले ब्लग अपडेट गरिन। मलाई आँफैलाई सोधीरहेछु सचिकै म आशा बाट निराशा तिर ढल्केकी के हो? त्यो त हुँदै हैन तर पक्कै पनि हो म परिवर्तन भएको छु। मेरो जीवन पहिले रमाइलो र मोजले भरिपूर्ण थियो अहिले कामको ताप र पढाईको चापले भरिएको छ। 

त्यसैले होला जिन्दगी अहिले अर्कै पाटोमा हिडीरहेको छ। अर्को कुरा, बिदेशको यो पढाईले त्यती सन्तुस्ठ पनि नभएर होला धेरै अनी हातलागे सफलताहरु पनि तर पनि केही पाएको झै लागेन। सबै भन्दा ठुलो कुरा त म म एक्कासी ब्यबरिकताले यही साल थिच्यो, यही साल मैले बुझे पढाई र पैसा दुबै सँगइ सकिदो रहेनछ जम्मा गर्न त्यही भएर यही साले मैले निर्णय लिगे अबको केही बर्ष परिवारको लागि दिने, पैसाको लागि दिने र अर्थिक स्तर सुधार तिर लाग्ने। यो गर्नलाई ब्यक्तिगत परिवर्तन पनि आब्श्यक थिएन होला तरपनी परिवर्तन राम्रै हो। दिनहु कुरा गर्ने साथीहरु देखी कहिले कही हाइ हेल्लो हुने हरु सँग पनि सम्बन्ध बिच्छेद भएको झै भयो अब खै यो साल फेरी त्यो समय फर्केला अथवा नफर्केला। जे भए पनि नयाँ बर्षा लागेकाहरुलाई आफ्नो आफ्नो कामले पिरोल्न थालिसक्यो सबै आफ्नो काम तिर फर्कन थाली सके। मलाई त बेल पाकेर हर्ष र बिस्मात!


जहा जे भए पनि जस्तो भए पनि धेरै महिना पछी नेपाल जानेकुराले मन बिचलित भएको छ धेरै अझै ६-७ हप्ता छ त्यसैले दिन बितीरहोस् झै लागेको छ। अनी फेरी त्यही कुना कन्दरा तिर मेरो आफ्नो सरसामान बोकेर पहिलेको झै गरी झोले पाराले यात्रा गर्दै स्थानिय सग रल्लिएर हिंड्ना पाए भने त्यो जीवनको नयबर्ष हुने छ। अब नेपालको अनुभव र फोटो सहित केही महिनामा भेट्ने बाचा!

मेरो आफ्नो जस्तो सोच भए पनि तपाईं यो हरफहरु पढि रहनु भएको छ भने अफुले गरेको काम्लाई निरन्तरता दिनुस्, जे छ त्यसइमा खुशी हुनुस्, यो संसारमा राम्रो नराम्रो भन्ने केही छैन, दु:ख सुख भन्ने कुरा केही छैन त्यो भोगाइ र सोचाइ मात्रै हो सुनकै टोइलेट मा हग्ने हाम्रा राजा महाराजा हरु पनि आखिर मरेर जान्छन केही पनि लाग्दैनन। बाचुन्जेल दु:ख सुख जे गरेपनी हासी खुशी बस्ने प्रेणामिलोस तपाईंहरु सबैलाई मेरो तर्फ बाट धेरै-धेरै शुभकामना!

खोलेर पढ्थ्यौ भने म तिम्रो लागि मात्रै छुट्टै लेख्थे होला......... जहाँ रहे पनि जस्तो रहे पनि म तिमीलाई सम्झिरहेको छु। साथी, आखिर जीवनमा सम्झना भन्दा अब बाँकी के नै रहेको छ र? धेरै शुभकामना छ है यो जुनी मा त पक्कै पनि भेट हुन्न होला तर अर्को जुनिमा अबस्य भेटौँला! अब भेटहरु हरु सँग त खिट्का छोडेर हासीहलिन्छ सँगइ हौन्जेल हैन। लौ त अर्को चोटि सम्मको लागि बिदा।  

{मैले मनमा आएको कुरा सबै लेख्छु, लेखेर पढ्दिन   अनी कहाँ के गल्ती भएको छ त्यो पनि हेर्दिन किनकी म प्रो लेखक हैन त्यसैले बुझेर पढ्नेहरुलाई सचिकै आशिर्बाअद लाग्छ। }


You Might Also Like

0 comments

Popular Posts

Follow me on Facebook

Featured post

The Long Drive Home: A Wake-Up Call for Safe Driving

Finding peace at the edge of the world. @Kalpabrikshya Mr. K had planned a relaxing weekend getaway for his family. They were all looking fo...

Subscribe