आखिर पैसामै रहेछ - खुशी।
January 13, 2015मैले पढे। मलाई अलीअली कुरामा चित्त नबुझे पनि त्यो कुरा सही लाग्यो। माग्ने पैसा माग्दै बस्छ अथवा माग्ने नै नभैकन पनि कती मान्छेलाई भोकलागेको बेला पैसा हुँदैन। पैसाले के भोजन किन्न सक्दैन? भोकाको मान्छेले भोजन पाउदा खुशी हुँदैनन? आखिर कुरा त ठिकै कुरा पो हो त झै लाग्यो फेरी मन-मनै लाग्यो, त्यसो भए एकहजर रुपैयाले एक पोका बिस्कुट किन्न जादा गाउमा किन फर्काउछ त चेन्ज छैन भनेर? फेरी एउटामनले भन्यो- लाटो भोक लागेको समयमा त हजारनै रुपैया भने पनि तिरेर खानु पर्यो नि! कम से कम धेरै नै भए पनि नभको जस्तो त हैन नि!
यो हरफले आजको मेरो दिन खायो। सलक्कै बनायो। माईकल स्यान्डेल को व्हाट मनी क्यान नट बाइ- द मोरल लिमिट्स अफ मार्केट को बुक पढेर प्रिजेन्टेसनको तयारीमा थिए। यो प्रसङले मेरो सन्तुलन बिगारयो भन्नै पर्छ। किननी म सोच्ने गर्थे पैसाले भोजन किन्न सक्ला तर भोक किन्न सक्दैन, पैसाले बेड किन्न सक्ला तर निन्द्रा किन्न सक्दैन अनी पैसाले साथ किन्न सक्ला तर माया किन्न सक्दैन आदी इत्यादी। मैले को सोच्दै थिए रे? भोक लागेको समयमा भोजन भए भुत्रो भोक किन किन्न पर्यो? यस्ता आदर्शले जीवन चल्दैन। निन्द्रा लागेको समयमा सुते पछी निदाईहलिन्छ नि के को निन्द्रा किन्नु पर्यो? फेरी साथ चहिएको बेला पाए माया भुत्रो को चाहियो? यो संसारमा कसको चाँही माया अजम्बरी छ र? यदी हुन्थ्यो भने हाम्रा बुद्दिमानहरुले पुज्ने गरेको देवताहरुको समेत किन प्रेम र बिछोडको कथा पढ्नु पर्थ्यो र?
यसै गरी दन्द्व बध्यो। काममा पनि बुर्गर बनाउने समयमा पहिलेको जस्तो समय बिताउन गाह्रो बहेन। धेरै कुराहरु आए मनमा सररररर! पढेका, जानेका र सिकेका अनगिन्तीकुराहरु। काममा प्रमोशन पाउदा पनि दिमागले खुशी मनाएन किनकी म यही प्रसँगमा यती खुम्चिएकी अथवा तन्किएकी के भनम आज फेरी ब्लग लेख्नै पर्ने भयो।
यस्तो दु:खले कमाको पैसा बेकाम्मा डुब्यो नि तेस्का बाजे। मेरो यहाँ जर्मनीमा बेस्ट फ्रेन्ड अमेरिकन छ। उ स्प्रिङ्ग ब्रेकमा घर जाने भनेको भएर म पनि उ सँग घुम्न जाने योजना उसैले बनायो। उ, अर्को अमेरिकन साथी र म। आयोवा देखी मेरिल्यान्ड सम्म। अनी ब्याक टू जर्मनी। क्या गज्जबको योजना थियो, मैले यहाँ जर्मनीमा कैले उस्को कैले उस्को घुम्न आको साथी हरु भेट्दा भेट्दै धेरै चिनिसके र सबैले अमेरिका अाइजो भनेर कम्तिमा पनि भावनात्मक निमन्त्रणा चै गर्थे नै। यही लहैलहैमा योजना बन्यो मंगलबारको क्लासमा। बुधबार फोटो खिचेर फर्मभरे अनी शुक्रबारको अप्पोइन्मेन्ट लिए। फर्म भर्ने समयमा फेरी कम्तिको दु:ख पाएको हो र! एउटा संपर्क ब्यक्तीको ठेगाना र फोन नो चाहिने रहेछ। मिल्ने साथी जस्लाई म आफ्नो भन्न सक्थे उ २०११ बाट मरे बचेँको पत्तै छैन, अरु बाँकीताकी हरु मुखमिलाउने र हाइ हेल्लो गर्ने कोही ईन्टरनेट, फेस्बूक तिर भेटेको कोही १-२ बर्ष सँगै पढेको साथीहरु त थिए। अब अन्लाईन फर्म भर्दै थिए, एक्कासी रोकिनु पर्यो। सम्भव भए जती र मिल्ने सम्मा लागेसक्ती गरे कन्ट्याक्ट् गर्नलाई। कही कतै बाट नेपाली साथी हरु सँगको तारो नलागे पछी त्यो रात त्यतिकै छाडे। सुनेको थिए निमन्त्रणा र स्पोन्सोर भएकाहरुको भिसा रिजेक्ट हुन्न भनेर। मनमनै लाग्यो यो अमेरिकन गोराहरु सँग जाने हो के को निमन्त्रणा भनेर कसैलाई पनि सिरियसली भनिन। तर पनि अमेरिका बस्ने मध्यको मेरो साथी सुवास थापालाई मेरो धेरै धेरै धन्यवाद। उ सँग कन्ट्याक्ट् ढिलाई नै भएपनी राम्रो कोन्सर्न देखाएको थियो। यि सबै कुरा मैले साथीलाई भने त्यसपछी उसले रिसाएर म सँग जाने त अनी मेरो नै राख्न ड्युड भनेर उसैको ठेगाना राखेर फर्म भरेको।
मनमा कुनै डर कुनै सन्का थिएन। त्यो समय, एउटा मेरै उमेर को कन्सुलर थियो त्यो। म हासे।
व्हाइ डू यू वान्ट तो गो टू स्टेट?
मैले भने- आइ एम जोइनिङ विथ माइ क्लासमेट टू भिजिट हिज होमटाउन इन स्प्रिङ्ग ब्रेक एट आओर युनी।
व्हाट डू यू स्टडी?
- आइ एम अन्डरटेकिङ मास्टर'स डिग्री इन पब्लिक पोलिसी एट युनी एरफर्ट।
आर यू म्यारिड?
- नो सर आइ एम सिङ्गल।
एक्छिन टाईप गर्यो, केही डक्स मागेन। अनी एउटा प्रिन्टेड पेपर दिएर आइ एम सरी भनेर पस्स्पोर्ट फिर्ता दियो।
यसरी अमेरिकन एम्बेस्सीको भिशा रिजेक्ट भएपछी पनि मेरो मनमा धेरै नै उथल्पुथल अाइरहेको थियो। शायद यही कुराले होला अमेरिकाको क्रेज बढेको पनि।
आँफैले आँफैलाई धेरैनै धिक्कारे। पैसा धेरै त हैन तर फोकटमा गयो नि। क्यामराको लागि एउटा लेन्स त आउथ्यो। एउटा यस्तो त आउथ्यो उस्तो त आउथ्यो भनेर जती खेर पनि अझै मन लाई सताउछ। अनी फेरी कारण सम्झेर हासो उठ्छ। त्यो पाजिले मलाई अमेरिकामा लुकेर बस्ने देखेछ भने पछी मेरो पर्सणालिटी कती चाँही तलको रहेछ त बा! जे होस् फेरी जीवनमा केही गर्ने प्रोत्सहान मिलेको छ। कुनै दिन उसैको सरकारले बोलाएर अथवा कुनै कार्यक्रममा निमन्त्रणा लिएर जाने दिन जुर्ला घुम्नलाई नै लेखेको रहेछ भने। उता साथीहरुलाई भनेको मलाई भिसा दिएन भनेर, फेरी हाम्रो अट्टाहास हासो फुट्यो। पत्याएकै हैनन केटा हरुले अनी रेजेक्सनको लेटर दिदा पो केटा हरु दङ। जे होस् मेरो उनी बाट यदी कसैको रिजेक्ट भको थियो भने त्यो म नै थिए। रेकर्ड राखिएछ हाहा।
त्यसैले मलाई लाग्न लागेको छ र मेरो निस्कर्श त हैन तर स्टेट अफ माइन्ड भन्नै जीवनमा जसले जुन उपाएले पैसा कमाउछ त्यो मान्छेले अैडियामा डाक्टर अफ फिलोसोफी चै पक्कै पनि गरेको हुन्छ। हामी जस्तो यो नाथे पढाईले केही हुने वाला छैन।
त्यसैले, हे अष्ट्रेलिया, म दुई बर्षको लागि आउने भए यदी अमेरिकाले झै भिसा रिजेक्ट गरेन भने!! अथवा फेरी यही पढाई पढाई भन्दै यही नाथे पाराले पि एच डि तिर लागु? घमसान युद्द चलिरहेको छ मनमा।
कहाँको कुरा कहाँ पुग्यो पुग्यो। यो शायद निन्द्राले हुनु पर्छ। अब दुई जती बज्न लागेछ। भोली काम छ १० बजे देखी ८ बजे उठ्नु पर्छ। दिनभरी ८-८ घण्टा बर्गर मास्टर भएर आएको थकाई त मार्नै पर्यो नि आखिर निन्द्रा नपरे पनि लडेरै भए पनि।
अन्त्यमा, समय दिएर पढिदिएकोमा धन्यवाद तक्र्याउछु र छिट्टै भेट्ने बाचा पनि गर्दछु।
This year I am writing all my stories one after another. I am writing my personal experience and I want to reflect it in very easiest way just to people let know nothing matters in our life. If it matters, its your happiness and it's your satisfaction. Whatever comes in your mind, do not hold it, do not wait for it, my recommendation is try it, go for it and share it in your own words. It is the best way to stay happy. Thank you for visiting my blog regularly. See you soon!!
Moreover, please accept my apology as you guys are complaining a lot for my language in this blog, I want to write again that my target audiences are not those who understand English but of course those who understand the typical Nepalese language. If I find something interesting to share it with you guys (who can not read and understand Nepali), I will for sure write it in English.
Laugh. Love and Live. 3L is my philosophy.

0 comments