आगोको शहर- काठमाडौं।
April 28, 2017खल्तीभित्र बाट सयको नोट निस्कियो। त्यसपछी लुरुलुरु एउटा चियाको स्टल नजिक गएर त्यही राखेको बेन्चमा थ्याच्च बस्यो।
आमै चिया पाउ न एउटा?
ल एकैचिन है त बाबु। -आमा उम्लीरहेको दुध चलाइरहेकी थिईन।
उम्लिरहेको दुध अर्को चियापतीले लत्पतिएको ताप्केमा हालिन र दुधको भाडो निकालेर चिया बसालिन।
१ मिनेटमा चिया उम्ली हाल्यो।
खासै मान्छेको त्यती चाप थिएन। फाट्टफुट्ट विद्यार्थीहरु सडकमा हिंडेका देखिन्थे नत्र काम बिशेषले अथवा आफ्नो ब्यापारिक धन्दाले बाहेक मान्छेहरु त्यती सडकमा निस्कने बेला भइसकेको थिएन, त्यसैले चिया बेच्ने आमा पनि अलिकती फुर्सद झै देखिन्थिन।
आमा एउटा चुरोट पनि दिनुस् न?- उ मलिनो स्वरमा बोल्यो।
चुरोट मुखमा लिएर स्टोभ भए तिर मुख ठोस्न खोज्दै थियो, आमैले अलिक ठुलो स्वरमा लाईटर यहाँ छ भनेर चिच्याइन। केटो झसँग भयो।
उ फेरी बोल्यो- आमा सधैं यस्तै हो कि आज मात्रै? खसै मान्छेहरु देखिन्नन नि!
हातमा लगाको घडीलाई नियालेर बोलिन- बल्ल ५ बज्यो बाबु अब बल्ल एकछिनमा त मान्छे आउने बेला हुन्छ।
अनी कती बजे सम्म राख्नु हुन्छ पसल?
कहिले सात बजे सम्म कहिले साँढे छ बजे सम्म हेरीहेरी हुन्छ बाबु। दुध चाडै सक्यो भने गैइहाल्छु नत्र एकछिन ढिला सम्म बस्छु। फेरी नगरपालिका आयो भने अफ्ठ्यारो पर्छ नि बाबै।
आमासँगको भलाकुसारीबाट उसले थाहा पायो आमाले कम्तीमा १५० कप चिया सधैं बेच्छिन। अनी उसले हिसाब गर्यो आफुले तिरेको १५ को दरले कम्तिमा सबै खर्च कटाएर आमाले एक कप चियामा १० रुपैया बचाउछिन्।
के गर्नु बाबै अभागी कर्म, यसरी काम गर्न थालेको १७ बर्ष भयो, बुढो पनी बितेर गए बेलैमा, छोरा छोरी यसै गरी हुर्काए पढाए बिदेश पठाएँ अब अहिले मलाई हेर्दैनन्। सकुन्जेल काम गर्छु नसकेको घडीमा हेरौ इश्वरले कुन बाटो देखाउछन्। उनी भक्कानिन तर रोइनन। बाबु कहिले पनि आफ्नो आमा बुवालाई चाही नरुवाए है? उनी सम्हालिएर बोलिन।
एक कप चिया खाउन्जेलको कुरा गम्भीर मोड तिर जान लाग्यो भनेर उसले कुरा मोड्न खोज्यो।
आमा मेरो कती भयो?
आमैले ४५ रुपैया मागिन दुइवटा चुरोट र एउटा चियाको। खुशीले पैसा तिरेर केटोले फेरी आफ्नो बाटो ततायो।
बाटो भरी त्यही आमाको कुरा मनमा खेल्न थाल्यो उसलाई। यहाँ धेरैको पिडा यस्तै छ। रात-दिन, चिसो-तातो नभनी काम गर्यो छोरा छोरी हुर्कायो, उनिहरुको सपना पुरा गर्न छाला चाम्रिने गरी नङ्रा खिइने गरेर दु:ख गर्यो अन्त्यमा पढेको छोरोले जागिर खान्छ, बिहे गर्छ नभए गर्लफ्रेन्ड बनाउला अनी जुन मेहनतले, जुन पेसाले उसलाई त्यहा सम्म पुर्याएको हुन्छ त्यो नै उसलाई छि-छी र घृणाको स्रोत बन्छ। कतिले भन्लान्- आमा यस्तो काम नगरनुस्, आमा उस्तो काम नगरनुस् तर बर्षौ त्यही काम गरेर पोख्त भएका आमाहरुले आफ्नो हात चलुन्झेल, जिउ चलुन्जेल के मान्थे र? उता छोरालाई लाज भए पनि, बुहारीलाई सन्कोच भए पनि आमाहरुको पेसा सँग दशक भन्दा बेसीको नाता सम्बन्ध हुन्छ। र अन्त्यमा यस्तै कुराहरुले फाटो ल्याउछ आमा-छोरा बिचमा अनी त्यही पेसाले आमाहरुलाई बाधेर यस्तै नाङ्लो सँग, पोलेको मकै सँग र बिहान बिहान जाडो भगाउने चिया सँगै राख्छ अनी यही पेसाले पढएर, लेखाएर घमन्डी विद्वान छोरा-छोरीहरुलाई सिड्नी देखी न्युयोर्क सम्म पुर्याउछ।
अझै यती मात्रै हो र, यो सडकमा पसल राख्ने हरुको ब्यथा भयो। काठमाडौंमा सम्पत्ति हुनेहरुको पनि यस्तै छ मार्मिक काहानी। छोरा-छोरी बुहारी सबै बिदेश पलाएन। यतै सेटल हुन्छन अनी आमा बुवालाई पनि उतै लग्न खोज्छन। न भाषा मिल्छ, न संस्कृति न त भेशभुषा मिलोस अनी कसरी मानुन ति बुढापाकाहरु बिदेश बस्न। अन्त्यमा उनीहरु नेपाल फर्कन्छन। नेपालमा अाएर केही समय बसे पछी जब छोरा छोरीलाई अब यि पाकाहरु बिदेश बस्दैनन भन्ने मनमा पर्छ अनी नेपालमा भएको श्री-सम्पत्ति सबै बेचबिखन गरेर बृदाश्रममा आफ्नो आमा-बालाई राखेर जान्छन। छोरा-छोरीले बिदेशमा झै पैसाले राम्रो गर्छ आमा-बा खुशी हुन्छन त्यहा भनेर सोच्लान तर किन त्यस्तो हुन्छ र। त्यसैले त कहिलेकही सम्योगबस त्यी ठाउँहरुमा पुगियो भने प्राय सबै उच्च घरानीयाहरु, पेसागत रुपमा विश्वाको कुनै कुनामा स्थापितहरुको आमा-बालाई भेटिन्छन् अनी भन्छन मेरो छोरो पाईलट, डाक्टर, ईन्जिनियर, ओकिल अगर बेगर छन। अस्ती एउटी आमैले आशुको धारा छुटाउदै बिलौना गर्दैथिन- बाबु राजा, यस्तो दिन नआओस भनेर कि छोरा छोरी पढाउन नहुने रहेछ कि चाडै परलोक हुनु पर्ने रहेछ! आफ्नो त दुबै भएन, कुन पापले दोर्याएर यहाँ सम्म ल्याइपुर्यायो नि।
समस्या लगभग एउटै छ, ब्यथा एउटै छ यि आमाहरुको- एउटी सडकमा चिया बेच्दै पिडा लुकाएर अझै मेहनतले खाइरहेकी हुन्छिन त अर्कोथरी आमाहरु सम्पत्ति हुँदाहुँदै सन्तान हुँदाहुँदै अरुको भरमा बृद आश्रममा बस्न वाध्य छन। बिचरा! यि भित्रै जलीरहेका आमाहरु।
टेकु हुँदै त्रिपुरेश्वर निस्कदै थियो बाटोमा खेलाडीहरु दौडदै रङ्गशाला जादै थिए। उ न्युरोड तिर जाने मान्छे रङ्गशालाको गल्ली तिर छिर्यो त्रिपुरेश्वर बाट। एउटा चिया पसल छिर्यो फेरी। चिसोको मौशम चिया र चुरोटको पारखीहरु काठमाडौंमा यत्रतत्र भेटिन्छन्। चुरोट मागेर सल्कायो। चिया पछी आयो। अर्को टेबलका मान्छेहरुको कुराले उसको ध्यान उतै तिर मोडियो।
सागमा कास्य जितेको त्यो, आजकाल आउनै छाड्यो, खेल्नै छाड्यो, गुरुले त्यसलाई त मेडल जित्ने लिस्टमा राख्नु भएको थियो भन्दै'थ्यो एउटाले। अर्को भन्दै थियो अहिले सम्म घरबाट दे'को खर्चले चल्यो चलायो अब कसरी चल्छ, यस्तो डाइटले कसरी हुन्छ यार न सरकार ले हेर्छ न कसैले हेर्छ। खेलेर मेडल जिते त पत्रीकाले लेख्छ केही दिन हिरो हुन्छ तर त्यो कती दिन सम्म रहन्छ र? बाँच्नै पर्यो काठमाडौंको ठाउँ। घर परिवारको पनि आशा हुन्छ... .... .... यस्तै यस्तै कुरा गर्दै थे। उसलाई सहन नसक्नु भो यो कुरा सुनेर मन मनै सोच्यो यहाँ कोही खुशी छैनन, बहिर बाट देखे जस्तो कोही केहीमा सन्तुस्ट छैनन।
मनमा कुरा खेलाउदै उ न्युरोड तिर लम्कियो। आफ्नो कपडा मिलाउदै जाडोमा एताउता टाउको घुमाउदै लम्कदै थियो बाटोमा देखिने हरेक कुराले उसलाई आज छोएको जस्तो, कताकता बिझेको जस्तो हुँदै थियो।
उज्यालोले काठमाडौंलाई ढपक्कै छोपिसकेको थियो। बिस्तारै सार्वजनिक गाडी र मोटरसाइकलहरु पनि बाक्लदै थिए। कोही कलेज जाने हतारोमा, कोही पसल खोल्ने चटारोमा कोही गाडी र बाईकलाई तिब्र गतिमा कुदाउदै थिए। एक बिहानै चिसोमा यसरी दौडी रहेका मान्छेलाई देखेर उ मनमनै फिस्स फिस्स हास्दै थियो। उसलाई न केही बित्दो थियो न केही अल्झने कुरा थियो। बरु कलेज जाने केटाकेटीलाई नियाल्दै लमक लमक तन्कदै थियो। कोही कलेज को ड्रेसमा सजिएर चोकमा साथी कुर्दै थिए, कोही हात समाउदै गिजिदै हिड्दै थिए भने कोही एक्लै चिसोमा कठयाग्रिदै जाडोमा अल्छी मानि-मानी लाम्सँगलुम्सुङ गर्दै हिड्दै थिए। यि बिबिध द्रिस्यहरुलाई कैद गर्दै लडेको धहरहाको गल्लीहुँदै बसन्तपुर तिर मोदिदै थियो उ ।
सधैं जस्तो चटारोमा ब्यस्त ति सडकहरु सुनसान देखिन्थे। कही कतै कुकुर हरु चल्मलाउने भन्दा बेसी खसै केही देखिदैनथे। दिउसो बाईक राख्ने ठाउँ नभएर जता त्यतै पार्किङले भरिभराउ हुने ति सडकहरु सबै खाली थिए। न्युरोड बिहान-बिहानै साचिकै नयाँ सडक झै थियो।
बसन्तपुरको डबली पसलै-पसल ले भरिएका हुन्छ बेलुका तर बिहान पसल ल्याउने बेला नभैसकेर होला त्यो खाली ठाउँ कत्रो ठुलो देखिन्थ्यो। थर्मोसमा चिया बेच्नेहरु दाई चिया पिउने भन्दै जबर्जस्ती चियाको कप भिराउन खोज्दै थिए। सबैलाई टार्यो खान्न भनेर तर ति मध्यकी सानी बहिनी सकी नसकी थर्मोस बोकेर आकी थिईन।
दाई चिया खाइदिनु न?- मिठो स्वरमा नजिकै आएर बोलिन।
उ चुप लागि गर्यो। कम्तिमा तिन-चार चोटि ति नानी बोले पछी उसले सोध्यो। - कालो चिया छ?
दुर्भाग्य नानी सँग दुध हलेको चिया मात्रै रहेछ। तै पनि आफ्नो साथीलाई बोलाइन र एक कप चिया को १० रुपैया लिएर भिराइ छोडिन। क्या काइताको अाइडिया छ, बाल बच्चालाई प्रयोग गरेर, उनी हरुको निर्दोषीपन लाई हतियार बनाएर ब्यापार गर्ने। हुन त बालबालिकाको त्यो कलिलो मानसपटलमा जसले जे सिकायो त्यही कुर बिझ्ने हो, कतिले यसलाई अबसर र संघर्षको रूपमा पाएका होलान भने कतिले यसलाई आफ्नो किशोरअवस्थाको बिचलनको रूपमा। आखिर जता जे भए पनि बालबालिकाको प्रयोगले पैसा कमाउने भएरै होला, ब्यापार फस्टाएरै होला, बिहान् बेलुकी उनिहरु यत्रतत्र देखिन्छन।
मेनुमा एकछिन घुरेर हेर्दै थियो, एउटा सानो फुच्चे उसको अगाडि आएर उभियो। उही तिर हेरेर सोध्यो- दाईलाई के ल्याउ?
उसको ध्यान सबै फुच्चे तिर खिचियो। उसले एकछिन टोलाएर सानो भाई फुच्छे लाई नै हेर्यो अनी खाने कुरा अर्डर नगरि भाईको उमेर सोध्यो।
भाई तिमी कती बर्षको भयौ?
भाईले फिस्स हासेर उत्तर दियो- ११ बर्षको भए।
दाई तपाईं के खानु हुन्छ? फेरी उसको प्रश्न त्यही थियो।
प्रतित्युतरमा आलु मटर र रोटी अर्डर गर्यो उसले।
भाईको घर कता? फेरी प्रतीप्रश्न गर्यो। २ मिनट जती भलाकुसारी चल्यो।
भाईको घर सिन्धुपल्चोकको एउटा बिकट गाउमा रहेछ। बा सानै छदा मलेशिया गएका रे। तर अझै फिरेका छैनन रे। घरमा एउटा बैनी र भाई पनि छ रे। उसको आमा गाउमै खेती किसानी गर्नुहुन्छ रे, फुर्सदको समय अरुको खेती बारीमा कमाएर आफ्नो र बाल बच्चाको ज्यान पाल्छिन रे। आफ्नो बाउ नभए पछी काका बा बरुले पनि खासै सहयोग नगरने रे। हजुरबा पनी बितेको तीन बर्ष भएछ। हजुरबा बिते पछी धेरै दु:ख कष्ठ ले स्कुल जान खोजेछ उ। तर १ बर्ष पनि राम्रो सँग जान सकेन रे आर्थिक अवस्था कमजोर भएकोले। उसले गाउमा सुनेको, अरुले भनेको आधारमा सबै कुरा त्यागेर काठमाडौं आएछ। उसको सपना अफुले दु:ख गरेर भए पनि भाई बहिनिलाई पढउने, आमालाई आर्थिक हिसाबले सघाउने रहेछ।
कती महान बिचार ? जो आफु पढ्न पाउदैन उसले यती सानै उमेरमा आफ्नो घर परिवारको रेखदेख गर्छु भनेर सबैकुरा हरु बिर्सेंर एउटा होटेलमा काम गर्न सक्छ। कती तलब होला र? जम्मा भए खाएर बसेर पन्ध्र सय? मनमनै सोच्न लाग्यो फेरी उ। महिनाको पन्ध्र सयले के गर्न पुग्ला र? भाईबहिनिलाई कपडा किन्दै मा कती धेरै सकिन्छ होला उसले हिसाबकिताब गर्दै आफ्नो अन्तर्मनमा नै खर्च निकाल्यो। मान्छे ले कती कमाउछ भन्ने भन्दा पनि कती पैसा बाचाएर राम्रो कामको लागि खर्च गर्छ भन्ने ठुलो कुरा हो। छिन भरमै रोटी खाएर उसले त्यो भाईलाई खल्ती बाट भएको सबै पैसा निकालेर दिएर हिड्यो।
सुईएए! लामो सास फेरेर दरबारमार्ग हुँदै केटो गन्तब्यहिन यात्रामा झनै लम्किन थाल्यो।
ठमेलको बारेमा धेरै सुने पनि उसले त्यती ठमेल बजार घुमेको थिएन। त्यसैले उ ठमेल तिर निक्लियो लामो मन भित्रको बहस पछाडि। सन्चयकोष हुँदै छिरे देखि नै मान्छेको हुलमुल भित्र खैरेहरु पनि बाक्लै थिए। नुर्सिङ चोक देखी कता जाने कता जाने गर्दै थियो तै पनि एउटा राम्री खैरे केटीको पछी लाग्यो। हेर्दा कस्ती राम्री थि! नजिक जादा पनि हर्हर बास्ना आउनी। भित्र गल्लीमा छिर्ने बितिकै सडके भाईले परर ईंग्लिशमा बोल्न थालयो। उ अक्क न बक्क पर्यो, ओहो! क्या दामी ईंग्लिश बोल्या यो भाईले। कुन्नी के के कुरा गर्यो उसले बुझेन। तर केटीले पनि फर्काउदै थि। कुरा गर्दै थि। उसलाई लाग्यो अती राम्रो केटी सडकमा बस्ने खाने गर्ने केटा हरु सँग पनि बोल्दी रहिछे। त्यही भएर पनि मान्छे ले ठमेल-ठमेल भन्दा रैछन् त! उसले आफ्नै बुद्दी बिबेकले जे बुझ्यो त्यही सोच्यो।
एकछिनको गलफती पछी केटीले आफ्नो खल्ती बाट झिकेर १००को नोट निकालेर दि। केटो आइ लभ यू भन्दै खुशीले गुरुर्र दगुर्यो। केटी हासी मात्रै रही। उ केटीलाई छाडेर त्यो अङ्रेजी बोल्ने केटो को चियो नितोमा लाग्यो। केटो भागेको तिर गयो उ पनि। अली पर गल्लीको कुना मा त ग्याङ् नै रहेछ उनिहरुको त। कोही हातमा दुधको प्लस्टिक लिएर फुक्ने तान्ने गर्दै थिए, कोही लम्पतार परेर सुतिरहेका थिए, कोही सँग ठुलाठुला धोक्रा हरु थिए। तर जो सँग जे भए पनि उनी हरु आफ्नै पारामा थिए। कतै केही नबितेका जस्ता, कसैका डर नभएका जस्ता। आफ्नै सुरमा दुबेका हरु। उसले आँखा झिमिक्क नि नगरि उतै हेरिरह्यो। एउटाले खल्तीबाट केही औषधी जस्तो निकालेर प्लस्टिक भित्र हल्न थालयो। त्यो सबैले बाडे। तर एउटाको भाग नपुगे पछी त्यो खल्तिबाट निकाल्ने लाई लात हानेर खुरुरुरु दगुर्यो। बाँकी रहेकाहरु त्यही दुधका प्लस्टिकका पोका तान्न थाले।
अघी भर्खर देखेको केटो जो आफ्नो मेहनतले आफु पनि खाइरहेको छ, आफ्नो परिवारलाई पनि सहयोग गर्दै छ। फेरी अहिले भर्खरी देखेका केटा हरु आफु पलिन त पालिएका छन तर देख्नलाई र मान्छे ले ब्यहावार गर्नलाई गल्लिका कुकुर झै छन। हुन त तिनिहरुका बाध्यता होलन, रहर होला, हराएका होलन नभए कुलत र साथी संगतले होला तर तिनिहरुको के दोष? यत्रो संघ सस्था छ जो सङ पैसाको डङुर्र छ यस्तै बाल बच्चाको लागि, उनिहरुको अधिकार र उत्थानको लागि भन्दै कत्रा ठुला-ठुला प्रोजेक्टहरु छन तर पनि न त्यो होटेलको वाला समेटियो न यही सडक वाला हरु समेटिएका छन। बाल रक्षा र अधिकारको कुरा गर्ने हरु एकातिर छन उनिहरुको अवस्था एकातिर छ। अरु के कुरा गर्नु, त्यो तन्दूरी मा काम गर्ने भाईले पक्कै पनि यस्तै बालबालिकाको हक र अधिकारको लडाईं लड्नेहरुलाई पनि चिया, रोटी र नस्ता त पक्कै सेर्भ गरेकै होला। त्यो बेला तिनीहरुले बुझे होलान, उनीहरुले पिउने चिया ल्याउने भाई जम्मा ११ बर्षको मात्र छ? बाल मैत्री र बाल श्रमको बिरुद्द आवाज उठाउने संस्था हरुको आडैमा भएका चिया पसलहरुमा काम गर्ने हरु नै बाल श्रमिक हरु हुन्छन। तर बिडम्बना उसलाई र उसको बाल श्रमलाई देख्ने हरु कोही हुन्नन मात्र त्यो शाहुजी (जसले काम दियो) शिवाय!!
उसको यात्रा पूर्ण बिराम लाग्ने वाला पक्कै थिएन। दिन बल्ल आधि भएको थियो। घुम्दै फिर्दै उ अब जता बाट निस्केको उतै लाग्दै थियो। ठमेल बाट उसको लम्काइ बसपार्क तिर अगाडि बढ्यो। बिहान् देखिको त्यो थकान, त्यो अनेकन मान्छेका दैनिकीहरुलाई फेरी स्मरण गर्दै म्हेपी सम्म उ अाइपुग्दा उसका खुट्टाहरु गलि सकेका थिए। उसको रफ्तार कम् भएसकेको थियो। उसले जे बिहान देख्यो, दिउसो देख्ने कुराहरु अर्कै थियो। काठमाडौं आँफैमा अचम्म छ, आँफैमा एउटा बिशाल छ जहाँ अनेकौ मान्छेहरु आफ्नो भबिस्य खोजी रहेछन, बनाइरहेछन। मोज मजा गर्ने हरु गरिरहेका छन, काममा लादिनेहरु लादिईरहेका छन सबै आफ्नै आफ्नै दुनियाँमा हराइरहेका छन कसैलाई कसैको मतलब छैन।
मान्छे नास्तिक भए पनि थकाईको पर्वाह नगरी केटो महेपीको डाडो माथि उक्लियो खुईअ गर्दै। माथि पुगेर बेन्चमा बसेको मात्रा के थियो, उसलाई कसैले बोलायो। उ संगै स्कुल पढेको साथीको आवज रहेछ। म्हेपीको डाडोमा लामै भलाकुसारी भयो उनिहरुको। जीवनको बारेमा, पढाईको बारेमा, बिदेशको बारेमा, राजनीतिको बारेमा, लगभग सबै कुरा सकियो। उसको साथीले बिदेशको बारेमा गर्नु बयान गर्यो जसले गर्दा उसलाई उतैको कथा मिठो लाग्दै थियो।
उनी हरु त्यहा बाट उठेर पशुपती तिर लागे।
उसको साथी बिनय भर्खरै दुबइ बाट फर्केको उसलाई घुमाउन संगै पशुपती तिर लाग्यो।
पशुपती भित्र पनि अनेकौ माहोल छ। ब्रिदाश्रम, मन्दिर, बागमतीको किनारामा पोलिने मान्छेका लासहरु, उता माथि म्रिगस्थली। एता बाट उता हिद्दै उनी हरु घुमी रहे। बोली रहे, कुरा गरी रहे। बिहान देखी उठेर रुमल्लिरहेको केटोले बिहान् दिउसोको कुरालाई बिर्सेंको झै, आफ्नो मन अन्तै डाइभर्ट भै सकेको जस्तो भएको बेला उसलाई फेरी त्यही आमाको याद आयो।
बागमतीको किनारमा घाट ओरिपरी मान्छेहरुको चाप छ, रोही रहेका, कराइरहेका। कोही चुपचाप मृत्युलाई स्विकारीरहेकाहरु, कोही अलापबिलाप गरिरहेकाहरु, कोही आफन्तलाई ढाडस दिरहेकाहरु। अचम्म छ जिन्दगीको। पोलिने हरु सबै एउटै उमेरका पनि छैनन। कोही कलीलैमा ज्यान गुमाउनेहरु छन कोही उमेरले पनि नेटो कतिसकेकाहरु। मर्ने तरिका पनि कती थरी हो, कोही रोगले, कोही दुर्घटनाले, कोही झगडा गरेर कसैको हत्या गरेर तर जता जे गरे पनि मान्छे मरेसी त अन्तिम कृया त गर्नै पर्यो। तर काठमाडौंको प्राय हिन्दू सम्प्रदायहरुका लाई त्यही लगिने गरिन्छ। जो धनी भए पनि, गरीब भएपनी जाने ठाउँ त त्यही हो। जान्न भनेर पनि सुखै छैन। पैसा हुनेहरुको गरिने सस्कार अली धुमधामले/सजाएर होला नहुने हरुलाई दागबती दिने पनि कोही नहोलन तर मरेर गएसी के को टन्टा सजाएर पोलुन कि नसजाइ कन तर जीवन को लीला त सास रोकिने बितिकै समाप्त हुने हो। उसलाई मन मनै कता कता रिस उठ्यो- बचुन्जेल बाउ भनेर, आमा भएर कसैले अङालो हालेनन होला, तर मरेसी के को नौटन्की रोएर कराएर, आमा बा लाई माया गर्ने नै हो भने त् बाचुन्जेल, सास रहुन्जेल गर्नु पर्यो मरेर गएसी लास भएसी अरुलाई देखाए झै रमिता गरेर के रुनु? हुन त मान्छेको मन त हो, कहाँ मन्छ र? सबैले हेला पनि कहाँ गर्छन् र! .......... उ आँफै भित्रको घ्रिणा र करुणाको दन्द्व उत्कर्षमा पुगेको बेला उसको साथीले उसलाई कोट्याएर सोध्छ- किन भाबुक भएको?
उ बोल्छ- भाबुक भएको हैन, जिन्दगीलाई लाई सरल तरिकाले सोचेको मात्रै हो। बाचुन्जेल के हो के हो मरे पछी लास हो।
त्यही भएर बाचुन्जेल रमाइलो गर्नु पर्छ भनेको को। जाउ हिन अब यसरी यहाँ बस्न लगियो भने झन मनमा अनेकौ कुरा हरु खेल्न थालछ, अरुको शरीर जलाएको देखेर झन अवाक लाग्छ जीवन देखी बरु गएर दारु हानौ। यतिका समय पछी भेट भएको छ।
हैट, केटो के सारो हौ? पैसाको चिन्ता नगरन, म सँग छ। जाउ बरु बसपार्क तिर।
केटा हरु बसपर्क को एउटा रेस्टुराँ एन्ड बार लेखेको भित्र छिरे। केटी-केटी थिए। क्याबिन जस्तो पार्टेसन गरेर बनाएको सँघुरो ठाउँ, त्यती सफा पनि नभएको। छिर्ने बितिकै अगाडि पछाडि केटीको हुल, के खाने, के ल्याउ भन्दै मुखै जोडौला झै सोध्न अैपुग्ने। साथीले भोड्का माग्यो।
एक फुल? केटीले सोधी।
ओेई एक फुल खाइन्छ? बिनयले मलाई सोध्यो।
खै यार खाइन्न होल। मैले भने।
ह्या छाड् यतिका समय पछी खान ला'को अब खानु पर्छ। नानीहरुले नि साथ देलान नि? उसले केटीलाई जिस्कको झै गरी भन्यो।
भोड्का अैपुग्यो। मिनेरल वाटर अैपुग्यो। संगै अर्डर गरेको चिकेन चिल्ली चाँही केही बेरमा अाइपुग्यो।
उसले केटीलाई सोध्यो- भोड्का पिउछौ?
उसले नो भनी। बरु खुवाउने नै हो भने म स्पराइट पिउछु।
एकपछी अर्को गर्दै स्पराइट आयो, जुस आयो। खै के के आयो आयो। उनीहरु पनि मस्त केटी सँग जोडीएर पिउदै थिए। जे-जे आए पनि उनीहरुलाई मतलब थिएन। मात्र मतलब थियो त केटीको समिप्यता र केटी सँग को गफ।
आज दोहोरी जाने हो? बिनयले केटी लाई सोध्यो।
लग्ने हो? भन्दै केटी खितितिती हासी।
जाने मात्रै भनन के को दोहोरी जहाँ जाने भने पनि लग्छु नि। बिनयले भन्यो।
ओे जहाँ पनि भन्या चै कता हो? केटो नबुझेको झै गरी बोल्यो लर्बराउदै।
बिनयले उसको कुरामा ध्यान दिएन। तर केटी बोली- आमै यो दाई लाई त लाग्यो जस्तो छ भोड्का?
केटो पड्क्यो- खाएसी लाग्दैन त। नलाग्न त स्प्रराइट खानु पर्छ स्पराइट। ............. अनी मुस्कुरायो।
बरु तिमी पनि पिउ त कस्तो मजा आउछ, केटीलाई हौस्यायो उसले।
ल खाने भए अर्को बोटल माग्नुस् न त म नितालाई पनि बोलाउछु। अर्की बोली। पहिले नै २ जना थिए, अब निताले तीन जना हुने भए।
बिनय बोल्यो- डार्लिङ माग्नै पर्दैन नि- ल्याउ न जे जे ल्याउछौ ल्याउ।
केटीले बुझी सकेकी थि। उसले आफ्नो हिसाब ले भोड्का, जुस, स्पराइट ल्याइ। उनी हरु भोड्काले झ्याप भैसकेका थिए। निताले पनि भोड्का खान थालि तर अरु दुइटिले खाएनन।
बसेको तीन घण्टा भैसकेको थियो। बाहिर अध्यारो सुरु हुन लागेको थियो। उनीहरु माती सकेका थिए। मातेकाहरुलाई मुइयाहरुले साथ दिईरहेका थिए। एसो उसो गर्दै खल्ती बाट पैसा निकाल्दै टिप्स भन्दै फाल्दै थिए। केटी हरु पनि के कम् पैसा पाए पछी जता हात लगे पनि मुसारे पनि केही बोलेनन बरु मजा मानेर बसी रहे।
आज संगै जाउ?- बिनयले नितालाई भन्यो।
लैजाने हो? कता लैजाने?
बिनयले भन्यो- यतै कतै बसौ न हुन्न?
कती आउछ? केटीले सोधी।
दुई जनाको कती पर्छ? बिनयले सोध्यो।
मोल मोलाई भयो र अन्त्य मा रातको ८००० मा कुरा मिल्यो।
४ घण्टामा २ बोटल भोड्का खाए। केटीहरुले कती खाए अत्तोपत्तो छैन। बिल आउँदा उनी हरु तर्सिए।
बिल जम्मा १७५०० उठेको रहेछ।
दुबै जनाले खाएको भोड्काले छोडेको झै भयो। बिल आए पछी केटीहरु पनि एकछिन लाखा पाखा लागे।
उनीहरु सँग पुग्ने पैसा थिएन। बिनय सँग जम्मा १२000 रहेछ। केटो सँग थिएन।
बिनयले भन्यो- हेर अब हामीलाई यिनीहरुले ठगे अब हामीले पनि ठग्नु पर्छ बुझिस।
उनीहरुले सल्लाह गरे।
केटो टोइलेट गयो। तर खासै राम्रो चाँही थिएन। गोजी छाम्यो पैसो छैन बारा के गाह्रोस, अनेक उपाय लगाउन लाग्यो, केही नलगेसी भागने भन्दा उ सँग अरु केही उपाय थिएन। त्यसैले उसले त्यही बाट भागने उपाए निकाल्यो। टोइलेट गरे पछी उतै पछाडि बाट अर्को घर हुँदै निस्कन मिल्ने सानो ठाउँ थियो। उ त्यही बाट फरार भयो।
बिनयको प्लानको पहिलो हिस्साले काम गर्यो।
उसले केटीहरुले नदेख्ने गरी आफु बसेको बेन्च मुनी दुइटा इट्टा भेट्यो। र त्यसलाई खुसुक्क आफ्नो ब्यागमा रखेर गरुङो बनायो। उसको ब्यागमा ठुलो बाक्लो एउटा किताब थियो जुन एउटा ल्यापटप जस्तो देखिन्थ्यो।
फोन आको झै गरेर उ जुरुक्क उठ्यो, हेल्लो हेल्लो भन्दै कुरा गरेको झै गर्दै। उसले केटीलाई बोलाएर ब्याग दिएर भन्यो एक्छिन यो रख्दिनु त।
ब्याग उचाल्द गरौ थियो, उसले भन्यो ल्यापटप छ फुट्ला है जतनले राख्नु। केटीले जतनले टेबल माथि राखी।
उ हेल्लो हेल्लो भन्दै हतार मा बैर निस्क्यो र त्यह बाट फरार भयो।
बाहिर निस्किए पछी बिनय फर्केन। उता केटो हस्याङ फस्याङ गर्दै आफ्नो बाटो तताइ सकेको थियो। के होला, कसो होला भनेर उ झन ठुलो तनाबमा थियो, उसले सुनेको पनि थियो बस पार्कमा हुने गरेका घटनाहरु। डरले उसको खुट्टा कापी रहेको थियो।
यसो उसो गर्दा गर्दै उ नजिकैको डेरा सम्म हल्ल्लिदै पुग्यो। र ज्याकेट खोलेर लामो सास फेरी सके पछी एक अंखरा पानी घुटुघुटु पियो।
सोचेको काठमाडौं, देखेको काठमाडौं र भोगेको काठमाडौं कती धेरै फरक छ। हरेक मान्छे हरेक चोक-चोकमा, हरेक घर घरमा आफ्नै आफ्नै तनाबमा बाचिरहेको छ, कोही अरुको कारणले कोही आफ्नै कारणले। कोही सरकारको कारणले उठिबास लागेर दिन र रात मै सडकपती पनि भए। कोही लुटेर, कोही चोरेर कोही भ्रस्ट्चारले रातमै लखपती पनि भए। खोइ मान्छे हरु के के भए भए, तर उ न हिजो केही हुन सक्यो, न भोली हुनेछ। बिस्तारमा पल्टिदै उसले जीवनकै ठुलो निर्णय लिग्यो, निन्द्रा लाग्दा सुत्ने, भोक लाग्दा जे पायो त्यही खाने, जे छ त्यसैमा सन्तुस्ट हुने तर आफ्नो मेहनत र परिस्रम गर्न कहिले पनि नछोड्ने।
यहाँ काठमाडौं मा जल्ने हरु धेरै छन र काठमाडौं आँफै पनि जलिरहेछ किन कि काठमाडौं आगोको शहर हो।
(All the characters in this story are fictitious. The half of the story was written few months ago and half was added recently. The entire part of the story is not edited. Thank you for your valuable time. The constructive comments are welcome.)


0 comments