म, एकान्त र गाइको मासु।
October 10, 2014जे भए पनि आज म नेपाल छाडेको ठ्याकै १ बर्ष भएछ अङ्रेजी पात्रो अनुसार त्यसैले पनि म नलेखी बस्नै सकिन। अहिले बिहानको ३:५३ बजेछ नेपालमा शायद ७:३९ भएको हुनु पर्छ।
हरेक दिन जतीनै दौडाधूपमा हुने गरे पनि म एकचोटी ईमेल पढ्छु अनी एकपटक फेसबूकको नोटिफिकेसन र वाल सरसर्ती हेर्छु पनि। दशै भनेर मन उतातिरै हराएको थियो। फेसबूकले अनी अरु सामाजिक सन्जाल हरुले मेरो मनको डोरी नै चुडेर लगेको थियो। यसै बिचमा केही दिन अगाडि पढेको ईमेल अरु दिनको भन्दा धेरै नै फरक रह्यो।
मलाई निम्तो आको थियो यही जर्मनीको अर्को शहरमा। निम्तो दसैं मान्न हैन, रमाइलो गर्न हैन, घुम्न हैन, मलाई जीवनमा हौशला दिने, माया गर्ने एउटा डा साबको अन्तिम घडीमा बिदाइको हात मिलाउन। मैले पत्याउनै सकिन। हैन कसरी भनु फेरी? स्पाम नै त थिएन ईमेल तर ईमेल लेख्ने मलाई जीवनमा धेरै नै माया गर्ने मेरो जर्मनीको एउटी साथी। उमेरले मेरो आमाकै भए पनि म उसलाई साथी भन्न रुचाउछु।
जर्मनी जस्तो देशमा एउटा जनताको त के कुरा गर्नु, कुकुरले पनि उपचार नपाई मर्दैन। झन उहा त बरिस्ठ डा पर्नु भयो। हातको उपचार गर्ने क्रममा अप्रेशन गर्नु पर्ने भएछ त्यसो लागि त चेक अप गर्नु पर्ने नै भैगयो। पहिले पनि अली अली बिमार हुँदा अथवा के रोग थियो मलाई पुरै जानकारी त भएन तर सामान्य औषधि प्रयोग गर्ने गरेको थियो भनेर पनि लेखेको थियो। शायद जे भए पनि मैले बुझे अनुसार उहाको इम्मुनिटी पावर अलिक कम् देखियो वा छ। चेक अप ले नयाँ मोड लिन थालेछ। कहिले कही सामान्य टाउको दुख्ने उहालाई त्यही भाचिएको हातको उपचार् गर्ने क्रममा अर्को बिल्कुलै नयाँ र खतरनाक रोग मस्तिकको क्यान्सर पनि देखिएछ। अस्ती भर्खर मेरो नेपालमा सबै भन्दा मिल्ने साथी भने पनि दाजु भने पनि उहालाई पनि यही रोगले च्यापेर अहिले ओछ्यानमा मृत्यु सँग लडीरहनु भएको छ। मलाई यती धेरै चोट पर्यो कि मैले बिर्सेको त्यो पुरानो घाऊ त बल्झियो नै अनी मनमा अनेक कुरा हरु खेल्न थाले। अझै ईमेलमा लेखिएको थियो उहाको अप्रेशन गर्दा झन बच्ने भन्दा पनि मर्ने डर धेरै हुनेहुनाले कुनै उपचारनै नगरने डा. हरु को निर्णय रहेछ। र उहाको पनि सोच त त्यही बनेछ। अब बाँकी रह्यो मर्न त अबश्य मर्न पर्छ तर कहिले? त्यो पिडा सहेर बाच्नु भन्दा आँफैले भनेको मितिमा मर्ने उहाको सोच बनेर अनुसार मर्नु पहिले मलाई पनि भेट्नको लागि बोलाइेको थियो।
स्वास्नी छोरा र अरु नजिककाले कसरी सही रहेका होलान? फेरी अरु मर्नलाका हरुलाई बिउताउने उहाले आँफैले मृत्युबरण गर्न लाको भन्दा कस्तो भको होला? के छैन र बुढा सँग? पैसा, सम्पत्ति, बिलाशीको लागि फेरी फेरी चड्ने कार अझै कहिले कही पानीमा सयर गर्ने आफ्नै पानीजहाज पनि भको मान्छे। जे सुकै होस् आखिर मर्ने पक्का भैसकेको यो जिन्दगीमा मान्छेले के सोच्छन होला?
दशै, यस्ता ईमेलहरु र रातीरातीको त्यो काम। आखिर जिन्दगी आफुले सोचे भन्दा र अरुले देखेको भन्दा कयौ गूणा फरक छ।
म साहाकारी मान्छे अझै नेपाल बाट आ'को जहाँ गाइलाई माताको रूपमा पुज्ने गरिन्छ, हो गाइको मासु पोलेर बर्गर बनाउछु। यती धेरै बिजी होइन्छ कि कती खेर पिसाब लाग्यो त्यो पनि थाहा हुन्न। भन्दा पत्याउन गाह्रो हुन्छ तर बिदेशको काम यस्तै हो। दु:खको कुरा गर्न खोजेको हुँदै हैन, नेपालमा पनि यही पैसाको लोभले कहिलेकाही मर्न पनि पछीहटेको हैन, त्यहा सँगै एडभेनचर थियो यहाँ बाध्यता बाहेक केही छैन।
काम सकेर घर फर्कदा रातको २;३० जती भको हुन्छ। मनमा अनेक तरङ आउछ।
मेरो हजुरआमा भको भए के भन्थे होलान? के सोच्थे होलान? मेरो नातिले गाइको मासु पोल्छ रे? मेरो हजुरबुवा त मेरो बाबा दुई महिना हुँदा नै बित्नु भएको रे अब जे भए पनि त्यती धेरै कल्पना गर्न सकिन्न। अझै मेरो हजुरआमाले भन्ने गरेको त्यो स्लोक मलाई अती नै याद आउछ।
नबोलौ त बोलौ बोलौ लाग्छ, बोले जगत रिसाउछ............. भन्नु हुन्थ्यो। पहिले सानो छदा बुढीले के ताइन तुइको उखान टुक्का जोदेको होला भन्ने लाग्थ्यो तर अहिले यो कुरा यती धेरै मार्मिक छ कि म यसलाई राम्रो सँग अर्थ्याउन सक्छु। अनी यही भावनामा जकडिन्छु। फेरी उही कुरा गौमाताको मासु पोल्ने कुरा! अनी फेरी बाबालाई सम्झिन्छु आफुले एक अक्षर पढ्न नपाको त्यो इखले छोराछोरिलाई यती धेरै पढाउने रहर गर्नु भयोकी अहिले गाउमा उहाको सन्तानले जती पढेको मान्छे पाउन गाह्रो छ। तेत्रो पैसा खर्च गरेर बुढाले बिदेश पढ्न पाठकओ छोरा गाइको मासु पोलेर बेच्छ रे भन्ने थाहा पाए भने भोली नै फर्केर अाइजो भने होलान ताकी मैले मासु पोल्छ् भनेर हैन कि गाह्रो भयो छोरालाई भनेर। आमाको त कुरै नगरौ के भन्नुहुन्छ होला मेरो आमाले। यो कल्पना गर्नै नसक्ने कुराहरु हुन। मैले कम् गाह्रो भयो भनेर यहाँ कुनै पृष्ठभुमी जोड्न लागेको हैन, अफुले गरेको कामले आँफुलाई ग्लानी त हुने छदै छ मैले बिदेशमा बसेर धेरैनै मिस गर्ने हरुलाई सम्झिदा यती पिडा हुन्छ कि अनी आँफैलाई धिक्कार लाग्छ।
रातको २ बजे निस्केको म कामबाट। बाहिरको राजमार्ग सुनसान छ। तेत्रो गाडीहरु दौडीरहने त्यो सडक खाली छ। हावा मन्दमन्द चिसो छ। मेरो कानमा हल्का सानो आवाजमा गीत पनि गुन्जीरहेको छ। सडकको बत्तिले रातलाई पनि दिउसोको भान गराउछ। माथि आकाशतिर हेर्यो कती निलो छ आकाश र त्यहा पुरै जुन देखिएको छ। यती रमाइलो लाग्यो कि बातावरण के भनु? गर्मी सकेर अब जाडो सुरु हुने मौशममा हावाको गतिले झर्ने पातहरुले मुखमा हिर्काइदिन्छ। पानी पर्ला झै गरी चिसो हावा चले पनि मलाई कुनै हतारो छैन, बिच सडकको राजमार्गमा गाडी नहुँदा नाच्नुको मजा अर्कै छ। फेरी कानमा लगाको संगीत ठुलो बनाएर सुन्नु को मजा अर्कै छ ताकी हर्न बज्यो भने पनि सुन्न नपरोस फेरी रातीको टाईम हेडलाइटले डिस्टर्ब गर्छ नि! आखिर आउने यही रूममा हो। आएर पनि के गर्नु र? निन्द्रा भनेको टाईममा लगे पो! त्यो थकानले गलेको यो शरीर फेरी त्यती लामो बाटो हिड्दा त यसो गल्नु पर्छ नि! त्यही भएर मान्छेको मन भनेको यती ठुलो चिज होकी सबै कुराको औषधी यही नै हो। रमाइलो छ सबै ठीक छ बेखुशी छ त संसारनै बेखुशी।
यसरी हिंडेको बाटोमा कही कतै बेकरीको बस्ना यस्ती मिठो आउछकी भोकले पनि हुन् सक्छ् एक्छिनमा टक्क अडिएर मजाले त्यो गन्ध लिएर, बास्ना सुघेर मात्रै अघी बढ्छु। फेरी कही कती बाटोमा घाइघुइ गर्दै सडक बनाउदा रहेछन रातिको समयमा पनि। हाम्रो नारायणहिटिको भित्रको सडक भन्दा राम्रो होला तैपनी मर्मत गर्नु पर्ने तेस्का बाजे गाठे झै हुन्छ मनमा। यसरी म राजमार्ग छलेर शहर चिर्न लाग्दा भेट्ने त्यो सानो खोलाको सुशेली नसुनी त कसरी अगाडि बढौ र?
अब फेरी रेल स्टेसन अाइपुगे। शहर सुतीरहेको हुन्छ, न ट्राम छ, न बस न ट्याक्सी। हुन त ट्याक्सी भएपनी म चडे पो! यसरी यो सुतेको सडक छिचोल्दै घर अाइपुग्छ म सधैं। यसरी कती दिन गुजार्नु? एकन्त मेरो यो कोठा। एकान्त त्यो सडक अनी कामको त्यो चाप? साची मैले बाँच्नको लागि नै पैसा कमाउन यसरी बाचिरहेको छु म? धिक्कार छ मलाई! खै मेरा ति सपनाहरु? खै मैले देखेका सपनाहरु? म आफु त धेरै अगाडि मरिसके, उही नेपालमै। खै म अरुको लागि बाचेको छु? म मेरो देशको मुहार फेर्छु भन्ने त्यो मेरो सपनाहरु? म लुत्रे जोगी झै भ'को मान्छेले आफ्नो ज्यान पाल्न त यसरी बिदेशमा दु:ख झेल्दै छु सचिकै मैले मेरो समाज परिवर्तन गर्न सकुला? यस्ता कुरा हरु मेरो दिमागमा अाइरहन्छ।
मेरो दिमागमा आशाबादी र निराशाबादी दुईटा पाटो छ। आशाले भन्छ यही त हो भोगाइ जीवनको यसरी गरी हो मान्छेले सोछेको पुर्याउने। फेरी निराशाले भन्छ जती बुझ्दै गयो त्यती लचारी हुँदै गैन्छ यसरी जीवन चल्दै चल्दैन। आदी इत्यादी। साथीहरुले सोच्ने गर्छन् भन्ने गर्छन् त्यती पैसा कमौन पाए त! एक घण्टा कम् गरेर १५०० भन्दा बढी कमाउने तलाई के पुगेन ए पैसा कमा अनी फर्की न! मिल्ने भने मैले बिदेश जिकाउथे झै रिसले चुर भएर चुप लाग्छ मन फेरी। हुन त गर्ने त गर्छन् पैसाको लागि दु:ख तर मलाई किन चाहियो पैसा? के का लागि? जबकी मलाई पैसाले किन्न सक्ने सुख र सुबिधा नै चहिदैन भने! म यूरोपको यो सुबिधामा त यसरी पिछडिएको छु भने फेरी मेरो लागि के को लागि चाइयो पैसा?
यसरी जीवनमा घोत्लने क्रममा धेरै कुराहरु परिवर्तन भए। साथीहरुले के छ तेरो भन्छन। अब के भनु म के छ भनौ, के छैन भनौ? ठीक छ भनौ केही ठीक छैन, ठीक छैन भनौ के चाँही बेठीक छ त? फेरी साथीहरु पनि त्यही हो आफ्नो फुर्सद भ'को बेला, अल्छि लागेको बेला बोल्नको लागि त संपर्क गर्छन् भने! जीवन आँफैले भोग्ने हो, यो दु:खको भान भको घडीमा मलाई यो एकान्तमा एक्लिएर हराएर दु:ख भोग्ने फेरी अर्को भूत चडेको छ। अब शायद संपर्क त्यती सजिलो सँग कोही सँग हुँदैन होला। कुनै दिन संपर्क हुँदा हामी राम्रो सँग बोली हाल्छौ यदी बोलेनौ भने पनि यही हो जीवन, भोली के हुन्छ कसलाई के पो थाहा छ र? आज सममा साथ दिनेहरुले लगाको रिन नतिरी मरिएन भने जीवन मेरो लागि सार्थक हुनेछ। कम्तिमा मेरो आत्माले शान्ती पाउला।
यसै गरी मनका बह यही पोखीरहेको हुनेछु। फेरी अर्को पटक सम्मको लागि!

0 comments