विचको त्यो चिसो मन्द हावा, आँखाले देखे सम्म देखिने त्यो बिशाल सागर! नजिकै एउटा डाँडाको थुम्को छ अनी म त्यही थुम्को माथि बसेर जीवन भोगिरहेको छु, सोचीरहेको छु। अस्ती सम्म हिमालको काखमा झोला बोखेर हिउले छोपेको डाँडाहरुलाई हेर्दै कहिले कुन डाँडामा कहिले कुन डाँडामा यताउता गरिदैथिईयो। सागर अगाडि छ, घाम भर्खरै झुल्केको छ अनी याद उता हिमाल तिरको। मन कता हराए झै हुँदै थियो। जुरुक्क उठे पानी पिए। सबै कुरा बिर्सन खोजे। मोबाईल निकाले, फोटो खिचे फेरी वरीपरी घुमे खै किन हो दिमागमा अनेकौ कुराहरु एक्कासी मडारिन थाले। बिहानैको मर्निङ वाक को त्यो समय अनेकौ कुरा मनमा आउन थालेछी फेरी म फर्के र त्यही बलुवामा खुट्टा बजार्न थाले। सागरको छालको त्यो संगीत र मेरो हिडाइको कुनै तालमेल थिएन। आँखामा यतिकै नचाइदो क्रोध थियो तै पनि म लम्कदै थिए। काठमाडौंको खाल्डोको धुलो धुवा छलेर म कैले हिमाल कहिले पहाड धाउथे त्यसले झन जीवन अपुरो झै लगेर म ठुलो शहर, रहरको शहर, सपनाको शहर र सबैको कल्पनाको शहरमा जिन्दगी गुजार्न आ'को थिए या भनौ म मेरो भबिस्य सँग जती चिन्तित थिए त्यती नै बढी खुशी र सन्तुस्ठिको खेदाइमा थिए। जीवन आफुले मात्रै जिएर पुगेको थिएन। सारा परिवार, आफन्तहरु पनी थिए नजिकै चियोनितो गर्दै, के गर्दै छ कसो गर्दै छ भनेर बसी बियालो कुरा गर्नेहरु को त झन के कुरा गर्नु र! त्यो परिप्रेक्ष्यमा त्यो बेला नेपाल कैले छडौ अनी गुमनाम हौ झै भएको पनि थियो। र र्यो रहर आज समुन्द्रको किनारामा भारी भयो, झन्डै थेग्नै नसक्ने, झन्डै भोग्न नसक्ने। तर जीवन यती मात्रै त थिएन र हैन पनि, अनी म समाल्हिन खोजे।
----------------
बराल्लिने आफ्नो ठाउँमा होला, सोचाइ र भोगाइको कुरा आफ्नो ठाउँमा होला फेरी दैनिकी पनि त आफ्नै ठाउमा छ फेरी। खानु पर्यो, लाउनु पर्यो फेरी यो महँगो शहरमा बस्ने भाडा तिर्नु पर्यो। सजिलो त सबै कुरा जुटाएर खानलाई त छैन भने जीवनको त के तुलना गर्नु र!
म्रिग भागे झै, हुँडारले शिकार खेले झै म पनि लम्किए आफ्नो काम भ्याउन। रूममा आएर कफी समेत पिउने फुर्सद मिलेन। बिहान फ्रेश हुन गको म झन ह्याङ भएर फर्किएको थिए।
---------------
बिहान समयमा पुग्ने पर्ने काम, त्यो पनि नेपाली मा ब्रिदाश्रम भनेको झै यताको अज्ड केअर होम। सुरुको दिनमा म कामको सिलसिलामा जती बेला त्यहा पुगे आँफैले आँफैलाई सोध्दै थिए, म ठीक ठाउँमा त छु नि? मैले काम त गर्छु नि? म यो कामलाई निरन्तरता त दिन्छु नि? अगलबेगल कुराहरुले घोचीरहेको थियो। साथमा मलाई काममा लाने साथीले सिकाएको कुराहरु पनि सुन्नै पर्यो नत्र काम नपाईएला भन्ने डर....
भित्र पुग्ने बितिकै अर्कै गन्ध आए झै लगेको थियो तर त्यो गन्ध सँग म अहिले जती पारीचित छु त्यो समयमा त्यती नै घ्रिनित पनि महसुस गरेको थिए। पुग्ने बितिकै मेरो आँखा त्यह बसेका बुढाबुढी माथि परे। मैले यो जीवनमा मान्छेको रूप, शरीरिक बनावट र उमेर हेरेर कैले कसैलाई नराम्रा्ओ दृष्टिले हेरिन। हजुरबुवा नदेखेको म र सानैमा हजुरमुमालाई गुमाएको मैले बुढाबुढी सँग धेरै नै समय बिताउने कोशीस पनि गरेको छु नेपाल तिर। बसुन्जेल, कुरा गरुन्जेल रमाइलो पनि गरेको छु किनकी उमेर ढल्कदै जदा कुरा सुन्दिने मान्छे पनि भगवान जस्तो लाग्छ रे अनुभबी बुढा बा ले कुनै दिन भन्नु भएको थियो। भित्रको बातावरण आँफैमा अचम्म लाग्ने खालको थियो सुरुमा छिर्ने र हाम्रो जस्तो पारिवारिक प्रिस्तभुमी बाट आउनेहरुको लागि झनै अर्कै खालको।
मेरो आँखा दोर्षो चोटि एउटा चेअरमा बस्ने बुढा माथि पर्यो। ति बुढा हल न चलमा बसिरहेका थिए। त्यसपछी अर्को, अर्को गर्दै आँखामा देखिने जस्ती सबैमा पर्यो। सबै जन ८० घटिका कोही थिएनन। कोही टि.भी हेरिरहेका, कोही टोलाईरहेका र अनर्थ नलागोस, कोही त अन्तिम भोगाइ कुरिरहेका जस्ता देखिन्थे। साथीको आफ्नो अन्ट्री गर्ने कुरा सकिए पछी हामी फेरी अगाडि अर्को रूममा गयौ। कारीब पन्ध्र मिनेट जती गर्नु पर्ने काम र चलाऊन पर्ने समानहरु को ब्रिफिङ पछी फेरी निस्किएर स्टोर रूम तिर लाग्यौ। त्यो बेला सम्म मैले त्यहाको माहोल रूम बाहिर को मात्र देखे। भित्रको त देख्नु पर्ने नै थिए।
क्लीनर- सफा गर्ने मान्छे। सफा जे कुरा पनि गर्नु पर्ने हुन सक्छ। पुरै घर, बगैचा, पब, रेस्टुराँ, अफिस, पार्क र त्यहा रहेका सबै बाथरूम र टोइलेट हरु। झन सेफ्टी र स्वास्थ्यको बेसी ख्याल गर्नु पर्ने ठाउँमा पर्छ नर्सिङ होम, होस्पितल अनी अज्डकेअर होम हरु। यो होममा मेरो पहिलो दिन भए पनि क्लिनरको रूपमा चै पहिलो दिन पक्कै थिएन। म जर्मनी बसेर आएकोले पनि होला कुन काम कस्तो, कुन काम कस्तो मलाई मत्लब थिएन, मतलब थियो त आफुले गर्नु पर्ने टास्क र पैसाको। त्यसैले त्यहा पनि मैले गर्ने कामको बारेमा म बढी नै चनाखो थिए।
स्वीपिङ (डस्टिङ), मोपिङ, ग्लास क्लिनिङ अनी टोइलेट क्लिनिङ। अझै त्यो बिनहरु फेर्न पर्ने त छदै थियो।
मोप हान्ने तरिका फरक होला, केमिकल फरक होला तर यस्त्को मतलब एउटै कुरा हो कि सफा हुनु पर्यो। मैले यता आएसी टेक्निक पनि सबै सिके। मलाई खसै गाह्रो पनि लागेको हैन। झन साथीले सिकाउदै थियो। काम गर्ने तरिका आफ्नै आफ्नै भए पनि सिकाएको कुरा त सिक्नै पर्यो। पहिलो दिन मनमा केही कुराहरु खेल्ने त भैगयो। झनै त्यो बुढ्यौलीको थलो जहाँ जीवन भोग्न भन्दा पनि बिसाउन र अन्तिम भोगाइ कुर्न आउने हरु बेसी हुन्छन। यहाँको अनुभवले मलाई लाग्छ जीवन भोग्न सिकाउछ हामीलाई। हरेक पल रमाउन सिकाउछ किनकी भबितब्य परेन र चाडै कालले उठाएन भने हाम्रो पनि आउछ त्यो दिन। हामीले पनि भोग्नु पर्छ त्यसै गरी। होला ठाउँ अनुसारको भोगाइ फरक होला तर बुढ्यौली भनेको बुढ्यौली नै हो अरुको साहारामा जीवन बिताउनु पर्छ।
बाहिरको सबै काम सकेर हामी अब कोठा भित्र छिर्न लाग्यौ। खासै त्यस्तो धेरै काम थिएन त्यो शायद वीकअन्ड भएर पनि होला। स्वीपिङ सके, मोप हाने कतै-कतै अनी बिन पनि चेन्ज गरे। तर! दिमागत भयन्कर भएर आयो, भयले हैन, भावनामा डुबेर। पढ्दा नराम्रो लाग्ला तर मैले कती जना त मृत्यु कुर्ने हरुलाई देखे त्यहा। निस्कन पाइदैन, पाए पनि हिंड्न सकिन्न, टोइलेट जान त थरथर काम्दै जानु पर्ने आफ्नो परिवारसँग त नपाएको माया दिने कोही हुने कुरा भएन। म जस्तै कामको सिलसिलामा जानेहरुले गर्ने काम फरक होला तर यहाँ जाने हरु प्राय सबै पैसाको लागि अझ भन्दा कामको लागी गएका हुन्छ। भावनाको मनको कुरा, मान्छे अनुसार फरक-फरक होलान तर आखिर बा, आमा भनेर अङालोमा हालेर बस्ने त कोही पक्कै हुन्नन!
मैले सोचे मेरो लागि जीवन भोग्ने यो अबसर हो, जीवनको अन्तिम घडीलाई अनुभब गर्ने ठुलो मौका हो। अनी जती दुखीत थिए जीवन देखेर त्यती नै एक्साइटेड पनि भए। एकैछिनमा जिस्केका बुढाहरु, एकैछिनमा हासेका आमाहरु एखी क्षेणमा नै अर्कै मूडमा पाउदा कताकता सियोले घोचे झै हुने रहेछ। झन हामी त काम गर्न गको, काम त गर्नु पर्यो नै। कोही रिशालु, कोही सन्काहालु कोही दयालु हुनु त स्वाभाबिक नै थियो।
यो त भावनाको कुरा भयो। अझै अरु कुराले अरु नै किसिमको तरङले मनमा चिसो पसाउदा त धिक्कार नै लाग्ने रहेछ जीवन। जती बेला म हातमा पन्जा लगएर टोइलेट छिरे, त्यो गन्ध र बिनमा राखेको प्याड हरु देखेर वाकित भए। खुट्टा झमझमाए, हात निदायो तर बिकल्प? हो बिकल्प डलर थियो। काम छाड्ने त कुरै आएन, फेरी आफुले छाडौला अर्को ले आएर गरी हाल्छ, अनी सबै कुरा बिर्सेंर टल्काउन तिर लागे। पहिलो चोटि भएर पनि होला नकरम्त्मक भाब त आयो नै तर सँगै आन्द्रा देखी मडारेर वाकवाकी लाग्दा चाही सम्हालिन गाह्रो नै पर्दो रहेछ। आखिर, नबिराउनु नडराउने भने झै घमन्डलाई बिर्सेंर काम गरेसी त सकिदो रहेछ। त्यो दिन त्यसै गरी बित्यो।जिन्दगीमा नसोचेको नभोगेको र नचिताएको कुरा गरियो होला, तर त्यो आखिर फेरी मेरो लागि त काम नै थियो फरक प्रक्रितीको।
घर फर्के। कुनै कुनै बेला बुढापाकाहरुको झ-झल्कोले पिरोल्थ्यो। त्यहा बिताएको समयले झस्काउथ्यो। अनी फोटोमा समेत नदेखेको हजुरबुवालाई सम्झन्थे, काल्पनिक फोटो बनाउथे अनी मनमनै हर्षित हुन्थे किननी उहाले यसरी जीवन बिताउन त परेन। मुमालाई सम्झन्थे, मुमाको अन्तिम दिनहरु सबै सम्झनामा नरहे पनि कतिपय कुराहरु अझै यादमा छ। अनी सोच्थे, मेरो आफ्नै मुमाबुवा नभए पनि पक्कै कसैका त होलान। अनी कामलाई सेवा सँग जोडेर हेर्थे।
हप्ता बित्यो फेरी काम म फर्कने दिन आयो। काम सबै सिकीसकेको थिए। जम्मा ३ घण्टाको काम त थियो! समय बिताउन पनि खासै गार्हो थिएन। लगभग सबै अनुहारहरु मेरो लागि पारीचित भैसकेका थिए। अनी म त्यही अनुसारको बोलिचली पनि गर्ने भैसकेको थिए। म चाहन्थे त्यहा रहुन्जेल सबैलाई खुशी देख्न पाउ, तर बिचरा किन खुशी हुन्थे र ति! एउटा बन्द घर भित्र, कोठा भित्र जीवन ब्यतित गर्दै जो छन। टि.भी छ, रेडियो छ सहारामा। जे होस् त्यो बिचित्रको संसारमा छुट्टै संसार खोजिरहेको थिए तर किन पाउथे र।
जुन कुरा नहोस् भन्ने मेरो चाहना थियो आखिर त्यही भयो।
सम्योग बस यो कुरा यहाँ फादर्स डे को घटना थियो।
सम्योग बस यो कुरा यहाँ फादर्स डे को घटना थियो।
बन्द कोठा उघारे। आफ्नो काम गरे। एउटा बेडमा आधी पर्दा लगाइेको थियो। सुतिरहेको शरीर माथि फूलरखिएको थियो। म झस्किए। सम्झे यि बुढा त हिजो सम्म हेल्लो भन्दै व्हीलचेअरमा गूड्दै थिए। पत्याएर लागेन फेरी नियालेर हेरे। हल्लेलान कि भनेर हियर। चल्लान कि भनेर हियर। एक टहक ले हियर तर बुढा चलेनन। सोछे, गएछन। त्यही एउटी काम गर्नेलाई सोधे। उस्ले भनी- राती ग'का बुढा। बिहानै परिवारका मान्छे आएर भेटेर गएका अब फुनरलको ले आएर लैजान्छ।
अनी परिवार त?- मैले सोधे।
परिवार सिधै उतै जान्छ जहाँ लगेर गाडीन्छ।
हासो लागेर आयो, जिउदै छदा भेट्न आउँदैनन। मरेर गएसी फूल ल्याएर राखेर जान्छन। अनी गाडेको चै हेर्न आउछन।
पशुपतीमा धेरै मान्छेको लास जलेको देखेको छु, जर्मनीमा छदा कन्सन्ट्रेसन क्याम्पमा कस्तो ह्रिदयपोल्ने तस्बिर हरु देखेको छु। मान्छेको एक्सिडेन्ट देखेको छु र यो पनि मलाई सामान्य लाई लाग्नु पर्नेथ्यो तर लागेन। उमेर छौन्जेल रमाए, कमाए, घुमे जब नसक्ने भए बन्द कोठामा जीवन जिउछन र यसरी बिलाएर जान्छन। तै पनि हामी यही ठाउँ, यही जिबनसैलीलाई पछ्छ्याउदै छौ। अनी सोच्छौ भबिस्य यही छ!
म हरेक दिन अफुलाई सोधी रहेको छु, भबिस्य यही हो? मरण यही हो?
र धन्य, आँफैले आँफैलाई सान्त्वना दिन्छु, यो संघर्श हो, जीवन अझै धेरै जिउनु छ। यो अनुभव हो, भोगाइ हो तर क्षणिक छ।
----------------------------------------------------------------------------
फेरी काममा जाने बेला भयो। सोच बदल्नु छ। मूड अर्कै हुन्छ आँफै।
